बिष्णु रिजालद्वारा कोरोनाकोषमा ५१ हजार सहयोग

  • प्रकाशित मितिः चैत्र २६, २०७६
  • 1160 पटक पढिएको
  • समय अनलाइन

कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्दै आएकाहरुलाई खाद्यान्न सहयोग जुट्ने क्रम जारी रहेको छ ।उद्योग वाणिज्य संघ इटहरीका सदस्य तथा समाजसेवी बिष्णु रिजालले इटहरी उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ५१ हजार सहयोग गरेका छन् ।इटहरी उपमहानगरपालिकाले राहत सङ्कलन गर्न स्थापना गरेको उक्त कोषमा रिजालले सहयोग गरेका हुन् । कोरोना भाइरस कोभिड १९ ले गर्दा देश लकडाउन भएको यस विपतको घडीमा सबै एक ठाउँमा उभिनु पर्ने रिजालले बताए । इटहरी आसपास रहेका स्थानि व्यवसायी र सबै समाजसेवी एक जुट भएर इटहरीलाई सहयोग गरी यस विपतको घडीलाई अन्त्य गर्नु पर्ने आजको मुख्य आवश्यकता रहेको बताए ।इटहरीमा बसोबास गर्ने सम्पूर्ण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरूका लागी हामी व्यावसायी छौ उपमहानगर सरकार छ भन्दै सजक रहन उनले आग्रह समेत गरे ।विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले गर्दा सरकारले बैशाख ३ गते सम्मका लागि लकडाउनको म्याद थपेकाले बिपन्न मानिसहरूको अवस्थालाई मध्यनजर गर्दै राहत वितरण गरिएको एस डी फुटसलका एम डी सिनेट रिजालले बताए ।


साथै गत वर्ष श्रावण महिनामा आएको बाढीबाट पिडीत बनेको समयमा रिजालले पुर्याएको सहयोगका कारण मल्लिक टोलवासीले रिजाललाई सम्झन थालेका हुन ।बाढी आएर बस्तीमा पसेर वितण्डता मचाउन थालेपछि मल्लिक टोलवासीहरु व्यवसायी विष्णु रिजालले सञ्चालन गरेको रिजाल भिजन र सरस्वति पाटी प्यालेसमा आश्रय लिन आइपुगे । व्यवसायका अलावा समाजसेवामा रमाउने रिजालले बाढी पिडितहरुलाई एक महिना सम्म सरस्वति पाटी प्यालेसमा आश्रय समेत दिएका थिए । बाढी पिडितहरुलाई मात्र हैन २०७२साल बैशाखमा भुइचालो गएको समयमा पनि धेरै मानिसलाई रिजालले आफुले सञ्चालन गरेका पाटी प्यालेसहरुमा आश्रय दिएका थिए । रिजालले इटहरीमा रहेर सफल व्यवसायीको छवि बनाएका छन् । एक व्यक्ति पनि समाजको रुपान्तरणको हिस्सा बन्न सक्ने उदाहरण प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved