प्रदेश १ को नेपाल भारत सिमा क्षेत्रमा १ सय ५१ वटा कोरोना शसस्त्र सिमा सुरक्षा क्याम्प स्थापना गरिएको छ ।
लकडाउनको समयमा पनि खुल्ला सिमानाको फाइदा उठाउदै नेपाल आउनेहरु बढन थालेपछि शसस्त्र प्रहरीले प्रदेश १ को सिमा नाकामा थप १ सय ५१ स्थानमा कोराना सिमा सुरक्षा क्याम्प स्थापना गरेको हो ।
शसस्त्र प्रहरी प्रदेश १ का प्रमुख डिआइजी नगेन्द्रबहादुर थापाका अनुसार नेपाल भारत खुल्ला सिमा क्षेत्रको इलाममा ७ , झापामा ५८ , मोरङमा ३५ र सुनसरीमा ५१ स्थानमा कोरोना शसस्त्र सिमा सुरक्षा क्याम्प स्थापना गरिएका छन ।
कोरोना सिमा सुरक्षा क्याम्पमा शसस्त्र प्रहरीहरुले गौडाहरुमा टेण्ट टाँगेर सर्तकता पुर्वक गस्ति गर्नेछन । खासगरि उनीहरुले भारतबाट नेपाल भित्रिनेहरुलाई कडा निगरानी गर्नेछन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved