10एसएसपीको डीआईजीमा बढुवा सिफारिसनेपाल प्रहरीका

  • प्रकाशित मितिः चैत २९, २०७६
  • 1333 पटक पढिएको
  • समय अनलाइन

काठमाडौँ । दरबन्दी खाली रहेको २ महिनापछि नेपाल प्रहरीका १० जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४)को प्रावधान अनुसार १० प्रहरी बरिष्ठ उपरीक्षकलाई डीआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीको दरबन्दी १४ कायम गरेपछि बाँकी १० डीआईजीको लागि कडा प्रतिस्पर्धा भएको थियो । १० डीआईजीको लागि ३४ एसएसपीहरुको कडा प्रतिस्पर्धा थियो ।


दरबन्दी कटौती भएलगत्तै बढुवा प्रक्रिया सुरु भएको थियो । सिनियर र जुनियर गरेर दुई ब्याचका एसएसपीहरु डीआईजी बढुवा सिफारिस भएका हुन् ।
गृह मन्त्रालयले घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धिरज प्रताप सिंह, बसन्त लामा, रबिन्द्र धानुक, उत्तम सुबेदी र अरुण बिसीलाई डीआईजी बढुवाको लागि सिफारिस गरेको हो ।

बढुवा समितिको बैठकले एसएसपी अर्याललाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । त्यस्तै प्रकाशजंग कार्की दुई नम्बरमा डीआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

जसमा २४ एसएसपीहरु डीआईजीको दौडबाट आउट भएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved