सिंह-सिटौंलाको योजना चकनाचुर, यसरी भए विफल

  • प्रकाशित मितिः असार ७, २०७५
  • 1220 पटक पढिएको
  • Mausam

 
 
 
 

सिंह-सिटौंलाको योजना चकनाचुर, यसरी भए विफल

 २०७५ असार ७ गते ९:०५
70 Shares
 
 
 

हेटौँडा, ७ असार । नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेलामा आफू अनुकूलको गतिविधि गर्न नपाएपछि कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहितका केही नेताहरूले भेला विथोल्ने प्रयास गरेका छन् ।

मकवानपुरको हेटौँडामा मंगलबारदेखि शुरु भएको भेलामा केन्द्रीय सदस्यद्वय सिटौला र सिंहले बोल्न नपाएको भन्दै असन्तुष्टि जनाएका थिए । उनीहरूले बोल्न नपाएको झोँक सभापतिहरूको भेला विथोल्ने प्रयास गरेको एक नेताले बताए ।

नेता सिटौला–सिंहले आफू निकटका केन्द्रीय सदस्य र सभापतिहरूसँग भेट गरेर बन्दसत्रमा देउवा कमजोर हुने गरेर अभिव्यक्ति दिन निर्देशन दिएको एकजना जिल्ला सभापतिले जानकारी दिए ।

सिटौला–सिंहको अबरोधका बाबजुद सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बन्द सत्रमा बसेर जिल्ला सभापतिहरूको सुझाव सुनेका छन् ।

देउवा–पौडेलले सभापतिहरूको भेलालाई बिथोल्ने प्रयास भएपनि मौनरुपमा त्यसको प्रतिकार गरेर सिटौला–सिंहलाई परास्त गरिदिएको एक नेताले बताए ।

जिल्ला सभापतिहरूले कांग्रेसलाई बलियो बनाउन केन्द्रीय नेताहरूलाई दवाव दिएका छन् । उनीहरूले नेताहरू केन्द्रमा मिलेपछि कांग्रेस स्वतः बलियो बनेर आउने बताएका हुन् ।

गुटको राजनीति गर्दै आएका सिटौला र सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलको आडमा गतिविधि गर्दै आएको आरोप छ । पौडेललाई यो कुराको जानकारी छ । तर, केही लोभी नेताहरूको दवावमा पौडेल निरिह बनेको आरोप छ ।

१३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार बनेका पौडेललाई नेता सिटौलाले नै हराएका थिए । शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका पौडेलको जित निश्चित थियो । तर, सिटौलाले सभापतिमा उम्मेदवारी दिँदै अगल प्यानल बनाइ खडा भएका थिए । त्यसको असर पौडेललाई परेको थियो ।

हेटौँडामा जम्मा भएका जिल्ला सभापतिहरूलाई देउवाविरुद्ध भड्काएर आफू बलियो हुने योजनामा लागेका सिटौलालाई अञ्जानमा अर्का नेता सिंहले पनि साथ दिइरहेका छन् ।

झापा जिल्ला निवासी सिटौला कम्युनिस्ट राजनीति हुँदै कांग्रेस छिरेका हुन् । सिटौलालाई गिरिजाप्रसाद कोइरालाले यो उचाइँ दिएका थिए । तर, सिटौला अहिले कोइराला परिवारको विरोध भएका छन् ।

सिटौला–सिंहले चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियारसहितका युवा नेताहरूलाई उचालेर छन्नभाँती कुराहरू जिल्ला सभापतिहरूको भेलामा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved