इटहरी उपमहानगरको उपमेयर लक्ष्मी गौतम तरकारी बोकेर अनाथ निशाहाय बाल आश्रम सहित विभिन्न स्थान पुुग्नु भएको छ । लक डाउनको समयमा तरकारी अभाव रहेको जानकारी पाएपछी उपमेयर गौतम तरकारी वोकेर इटहरीमा रहेको मायाघर, निसाहय तथा अनाथ बालबालिका आश्रम , भ्वाइस अफ चिल्ड्रेन र जनता मा बि मा बसेका सडक मानब हरु लाई खुवाउनको को निम्ती १ हप्ता सम्म पुग्ने गरी तरकारी बोकेर पुग्नुभएको हो । उपमेयर गौतमलेआलु, प्याज, साग रायो ,लट्टे,काक्रा सलगम,गाजर, भान्टा,बन्दा, टमाटर मटर कोसा अदुवा, खोर्सानी आदि एक हप्ता लाई पुग्नेगरी आफ्नै गाडीमा राखेर पुर्याउनु भएको हो । गौतमलै आजै सुत्केरी भेट कार्यक्रम अन्र्तगत उपमेयर लक्ष्मी गौतमले तीन जना सुत्केरीको घरमै पुगेर पोषिलो खानेकुरापनी प्रदान गर्नुभएको छ । इटहरी १ की सृजना थापा,वडा नम्वर ६ की गीता तिवारी र वडा नम्वर ४ की भीम कुमारी लिम्वूको घरमा पुगेर पोषणयुक्त खादयान्न र न्यायो कपडा वितरण गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved