ईन्जनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पस धरानको ६७ सालमा भर्ना भइ ७१ सालमा पासआउट भएको सिभिल संकायका विधार्थीहरूले खुट्टाबाट स्वचालित हुने हात धुने टंकी निर्माण गरेका छन । उक्त टंकी आज आइतबार क्याम्पसका प्रमुख ओमप्रकाश ढकाललाई हस्तान्तरण गरिएको छ ।कोरोना भाइरस कोभिड १९ को सुरक्षाका लागी हात धुनु आवश्यक हुन्छ । हात धुनका लागी पानी खोल्न र स्यानिटाइजर लगाउन हातको प्रयोग नहुने गरी टंकी निर्माण गरिएको ईन्जनियर उमेश तुम्बाहाङले बताएका छन । टंकीको देब्रे तिर रहेको पेडल दबाउदा स्यानिटाइजर आउने र दाहिने पेडल दबाउँदा धाराबाट पानी खस्ने गरी निर्माण गरिएको उनले बताए ।की ग्रहण गर्दै क्याम्पस प्रमुख ढकालले विधार्थीहरूलाई धन्यवाद दिएका थिए । फुट कन्ट्रोल स्यानिटाइजर वाटर टंकी मेसिनले हातको प्रयोग विना नै हात धुन सकिने भएकाले वर्तमान अवस्थामा देखिएको कोरोना भाइरसको महामारीलाई केही हद सम्म न्युनिकरण गर्न सकिने उनले बताए । उक्त टंकी क्याम्पसको मुल गेटको नै राखिएको छ ।
उक्त टंकी २५ हजार लागतमा ५ सय लिटरको पानी टंकीमा निर्माण गरिएको अर्का ईन्जनियर महेश धितालले बताए । सामान्य मेकानिकल सिद्धान्तमा बनाइएको उक्त टंकीमा स्प्रिङको सहायतामा पानी र स्यानिटाइजर आउने र रोकिनेछ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved