इटहरी / नेपाल प्रेस युनियन सुनसरीले कोरोना भाइरसको समयमा पनि फिल्डमा निरन्तर खटिएका पत्रकारहरुलाई आवश्यक पर्ने सेनिटाइजर र मास्क वितरण गरेको छ । प्रेस युनियनका जिल्ला सभापति पवन अधिकारीका अनुसार मंगलबार र बुधबार गरी जिल्लामा खटिएका सक्रिय पत्रकारहरुलाई सेनिटाइजर र मास्क वितरण गरेको हो । हिमगिरी हाइजिन प्रा. लि विराटनगरको सहकार्यमा आवश्यक १ हजार थान मास्क र १ सय भन्दा बढी सेनिटाइजर सक्रिय पत्रकारहरुलाई उपलब्ध गराएको सभापति अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved