प्रचण्डको अन्तिम तयारी१९४ केन्द्रीय सदस्य र ५८ सांसद सहित पार्टी फोड्ने

  • प्रकाशित मितिः बैशाख ११, २०७७
  • 1180 पटक पढिएको
  • समय अनलाइन

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रिय सदस्य तथा सांसदहरुसँग सहकार्य गरेको उच्च स्रोतले जनाएको छ । नेकपाका अध्यक्ष प्रचण्डले केन्द्रिय सदस्य तथा सांसदहरुसँग सहकार्य गर्न आन्तरीक गृहकार्य थालेसँगै पार्टी फुट्ने पक्कापक्की भएको जानकारहरु बताउँछन् ।

प्रचण्डले १९४ केन्द्रिय सदस्य र ५८ जना सांसदसँग सहकार्य गरिसकेको स्रोतले जनाइएको छ । जसअनुसार नेकपा पार्टी फुट्नु स्वभाविक बनेको छ । यसका साथै प्रदेश १,२,३,४,६,७ का प्रदेश सांसदहरु समेत फुट्ने सम्भावना भएको स्रोतले जनाएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्यो । यसअघि संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत चाहिने व्यवस्था थियो ।

कोरोना भाइरस कोभिड(१९ को महामारी विरुद्ध लड्नुपर्ने बेलामा अध्यादेश आएकाले अध्यादेश गलत भएको जानकारहरु बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको काम प्रती नेकपा भित्रकै नेताहरु असन्तुष्ट थिए । जुन बेलाबेलामा सरकारको आलोचना गरिरहेका थिए । प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकार आलोचित भएको हेर्न नसकेर अध्यादेश ल्याएको जानकारहरु बताउँछन् । नेकपा भित्रबाटै भइरकेको आलोचनाको अन्तिम रुप दिन ओलीले अध्यादेश ल्याएको स्रोतले जनाए ।

स्रोतका अनुसार केही समय पछाडी ओली राजिनामा दिने सोच बनाएका छन् । ओलीले राजिनामा दिई पुनः प्रधानमन्त्रीको निर्वाचन गराउने योजनान बनाइसकेका उच्च स्रोतले जानकारी दिए । यस सम्बन्धी ओलीले राष्ट्रपतिसँग समेत कुरा मिलाईसकेको जनाएको छ ।

ओली पुनः प्रधानमन्त्री बने २ वर्षसम्म कसैले पनि हटाउन सक्दैन । संबैधानीक व्यवस्था अनुसार प्रधनमन्त्री बनेको २ वर्ष सम्म अविस्वासको प्रस्ताव ल्याउन सक्दैन । फलस्वरुप २ वर्ष सम्म प्रधानमन्त्रीको पद ओलीको नाममा फिक्स हुनुको साथै एक दलीय शासन चलाउन पाउने पक्कापक्कि हुन्छ । नेपालपाना

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved