१ नम्बर प्रदेश प्रहरी प्रमुख ईश्वर बाबु कार्कीबाट जिल्ला प्रहरी कार्यालयहरुको निरीक्षण भ्रमण तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन

  • प्रकाशित मितिः वैशाख २४, २०७७
  • 1338 पटक पढिएको
  • समय अनलाइन


बिराटनगर

१ नम्बर प्रदेश प्रहरी प्रमुख ईश्वर बाबु कार्कीले संगठनले लिएको लक्ष्य र उदेश्य अनुरुप सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ-आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताउनु भएको छ । गत सोमवार जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरी तथा मंगलवार जिल्ला प्रहरी कार्यालय झापा र बिपद ब्यबस्थापन गुल्मको निरीक्षण भ्रमण पश्चात निर्देशन दिनु हुँदै वाहाँले उक्त कुरा बताउनु भएको हो । साथै बर्तमान अवस्थामा आम नागरिकको प्रहरी प्रतिको आस्था र विश्वास एवं अपेक्षा बढ्दै गईरहेको र जनताले अब प्रहरीलाई आफ्नो प्रमुख सहयात्रीका रुपमा लिएकाले प्रहरी पनि नागरिक प्रति उत्तरदायी भई सकरात्मक सोचका साथ जनतालाई नै केन्द्रविन्दुमा राखी थप जनमुखी प्रहरी सेवा सम्पादन गर्न उहाँले निर्देशन गर्नुभएको छ ।

प्रहरी कर्मचारीहरु उच्च आचरण र व्यवहारको नमूना बनुन् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै वाँहाले कुनै स्वार्थ वा प्रलोभनमा परी काम कारवाही गरेमा वा कुनै गैरव्यावसायिक क्रियाकलापमा प्रहरी कर्मचारीहरु संलग्न भएको पाइएमा त्यसको नैतिक दायित्व सम्बन्धित कमाण्डरमा समेत हुने भएकोले त्यस्ता कार्य कुनै हालतमा क्षम्य नहुने बताउनुभयो ।
अपराध अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन धैर्यता, लगनशीलता र उच्च व्यावसायिकताले मात्र सम्भव हुने र लैंगिक तथा घरेलु हिंसा लगायतका घटना न्यूनीकरणका लागि सामुहिक रुपमा एक्यबद्ध भई काम गर्नुपर्ने चर्चा गर्नुभयो । राजश्व संकलन कार्यान्वयनको पक्ष सवल होस् भन्ने अभिप्रायले सबै सरोकारवाला निकाय र समाजका सबै समूहसँग समन्वय र सहकार्य गरी काम गर्नुपर्नेमा जोड दिंदै वाहाँले सडक दुर्घटना र अवरोधको बेला कुनै सम्झौता नगरी तत्काल समस्या समाधान हुने गरी काम गर्न निर्देशन दिनु भयो ।

मानव अधिकारको संरक्षण एवं प्रवर्द्धनका विषयमा वाँहाले प्रहरी संगठन राज्यको कानून कार्यान्वयन गर्ने प्रमुख अंग भएकाले कुनै पनि प्रहरी कर्मचारीलाई कार्यक्षेत्रमा आफ्नो संयमता र धैर्यता गुमाउने छुट नभएको स्पष्ट पार्नुभएको छ ।
यसैगरी हाल बिश्वब्यापी माहामारीको रुपमा फैलदै गरेको Covid-19 कोरोना भाईसरको नियन्त्रण र रोकथामको लागी नेपाल सरकारले चरणबद्ध रुपमा गर्दै आएको बन्दाबन्दी (Lockdown) को पूर्ण पालना गराउने कार्यमा प्रहरी अझ बढी सक्रिय रहनु पर्ने बताउनु भएको छ ।
साथै फिल्डमा खटिने प्रहरी कर्मचारीहरुलाई प्रयाप्त ब्रिफिङ गरी आवश्यक सुरक्षाको उपायहरु अपनाएर उपलब्ध सामाग्री सहित डिउटी खटाउने र स्थानीय स्तरमा जनचेतना जगाउने कार्यमा बिशेष ध्यान दिन तथा क्वारेन्टाईन स्थलहरुमा भरपर्दो सुरक्षा ब्यबस्था मिलाउन निर्देशन दिनु भएको थियो ।

अहिलेको प्रतिकुल अवस्थामा कालो बजारी र कृत्रिम अभाव हुन सक्ने तर्फ बिशेष चनाखो हुन र सिमावर्ती क्षेत्रहरुबाट हुन सक्ने घुसपैठ, चोरी पैठारीलाई रोक्न सिमावर्ती क्षेत्रहरुमा बिशेष ध्यान दिन समेत निर्देशन दिनु भएको थियो । बर्षा याम शुरु भएसंगै आगलागी, बाढी पहिरो जस्ता प्रकोपका घटनाहरु हुन सक्ने हुँदा समयमै कार्य योजना बनाई तयारी अवस्थामा रहनु पर्ने बताउनु भएको थियो ।
नेपाल प्रहरीले अंगिकार गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिक र प्रहरीको सम्बन्धमा सुधार गर्नुको साथै यस कार्यक्रम मार्फत गरिएका गतिविधि अत्यन्तै फलदायी भइरहेको तथा यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताउँदै, बन्दाबन्दी (Lockdown) को पूर्ण पालना गराउने कार्यमा अग्रपंतिमा रही अहोरात्र खटिदै आएका प्रहरी कर्मचारीहरुलाई धन्यवाद समेत दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved