इटहरी । लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीको वर्ष २०२० ÷२०२१का लागि लक्ष्मी बराल गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
सर्वम्मत चयन भएको नयाँ कार्य समितिमा प्रथम उपाध्यक्ष मुक्ती दाहाल , द्धितिय उपाध्यक्ष राजन भेटवाल , तृतिय उपाध्यक्ष गणेश ओलीलाई चयन गरेको छ ।
त्यसै गरी सचिवमा भुपाल भट्टराई कोषध्यक्ष सुजता पोखेल ,सहसचिव कुशल विष्ट ,सहकोषाध्यक्ष गायत्री भट्टराई , प्रवन्धक राजेन्द्र घिमिरे र संचार प्रमुखमा केवल मणी रिजाल रहेका छन । लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीको संस्थापक अध्यक्ष राजेन्द्रकेशरी घिमिरे र निर्वतमान अध्यक्ष थानेश्वर ढकाल नेलशन लगायतको सहभागितामा नयाँ कार्यसमिति चयन भएको र यो संस्थाले विभिन्न सामाजिक गतिविधीमा अझ सक्रियरुपमा कार्यहरु गर्दै जाने अध्यक्ष लक्ष्मी बराल गौतमले जानकारी दिइन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved