मनकारी युवा नारायण तिवारी (सानु) लेघर घरमा राहात लियर पुगे

  • प्रकाशित मितिः वैशाख ३०, २०७७
  • 1769 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयाल इटहरी/कोरोना अर्थात (COVID-19)को गाउपालीका को बाटो हेरेर बसेका बिपन्न परिवार को घर घरमा राहात लियर पुगे (सानू )तिवारीमहामारी बाट त्रसित सिंगो विश्व नै अहिले लकडाउन को मर्कामा छ । यतिबेला दैनिक रोजिरोटि गर्ने ज्यालादारीको छाक टार्न हम्मे छ विपत्तिको घडिमा राहात कखडा गरि लक्षित वर्गमा राहात बाड्ने काम भईरहेको छ । यसै सन्दर्भमातिवारीले 
लकडाउनका कारण वैशाख १६ गते धनकुटा र तेह्रथुमको नाकामा पर्ने चित्रैमा ६ सय बढी मजदुर अलपत्र परे ।
स्थानीय निकायको पहलबाट तराईका विभिन्न जिल्लामा मजदुरी गर्ने २७३ जना पहाडी जिल्ला हिँडेका र पहाडी जिल्लाबाट तराई घर झरेका ३२९ जना मजदुर सवार बसलाई चित्रेमा प्रशासनले रोकेपछि बिच जङ्गलमा उनीहरू अलपत्र परेका थिए । डेढ दिनदेखि अलपत्र परेका मजदुर मध्ये केही बिमारी थिए । एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाएपछि उनीहरू भोक भोकै बसमा रात कटाए । उनीहरूको अवस्था प्रति कोही उदार भएनन् ।
तर भोजपुर घर भई हाल इटहरी निवासी निर्माण व्यवसायी सानु तिवारीको नजरमा उनीहरूको पिडा झल्कियो । तिवारीले तत्कालै उनीहरूलाई पहिलो प्राथमिकतामा खानाको व्यवस्था गरिदिए ।
जङ्गलमा अलपत्र परेका मज्दुरहरुलाई तिवारीले सोही स्थानमा खानाको व्यवस्था गरिदिए । बिरामी केही मजदुरको चिकित्सक पहलमा उपचार समेत गरियो । घर पुग्नलाई बाटोमा आवश्यक पर्ने खाद्यान्न सामाग्री, माक्स तथा कपडा आदी तिवारी एक्लैले बन्दोबस्त गरिदिए । पछि प्रशासनको मद्दत जङ्गलमा अलपत्र सबै मज्दुरहरुलाई अर्को गाडी व्यवस्थापन गरी घर घर पुराइदिए ।

दुःख पिडामा परेकाहरूलाई जीवनमा धेरै सहयोग गरेका तिवारी लकडाउनले अहिले खाना खान मुस्किल परेको विपन्न परिवारलाई खोजी खोजी राहत बढ्ने अभियानमा छन् । युवा निर्माण व्यवसायी तिवारीले आफ्नो जन्मथलो भोजपुरको तिवारी भन्ज्याङमै पुगेर १ सय ८० विपन्न परिवारलाई खाद्यान्न सहित स्वास्थ्य सामग्री वितरण गरिसेका छन् । तिवारी अहिले भोजपुर घर भई विभिन्न जिल्लामा बस्ने निम्न आय भएका परिवार, विद्यार्थी तथा मजदुर लगायतलाई घर घर पुगेर राहत बाढिरहेका छन् ।
व्यक्तिगत खर्चमा तिवारीले अहिलेसम्म १० लाख रुपैंया बढीको खाद्यान्न र स्वास्थ्य सामग्री खरिद गरी टोल बस्तीमै पुगेर वितरण गरेका हुन् । तिवारीको पहलमा अहिले सुनसरी र मोरङ बस्नै भोजपुरवासी २०३ परिवारलाई प्रति परिवार ३० केजी चामल, तेल, नुन र दाल प्याकेजमा राहत उपलब्ध गराएका छन् । अन्य जिल्लामा समेत रहेका भोजपुरवासीलाई तिवारीले राहत सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

स्थानीय सरकारको नजरमा नपरेका परिवारहरूलाई व्यक्तिगत रूपमा खाद्यान्न खरिद गरेर वितरण गरेको उनी बताउँछन् । ‘सानो सहयोगले २०३ परिवार खुसी मात्र भएनन्, राज्यलाई समेत सहयोग भयो’ उनले भने ‘लकडाउनको समय बढे अझै सहयोग गछौ’ । विश्व कोरोना आतङ्कले थलिएको छ । राज्यले आफ्नो ठाउँमा गरिरहेको छ, यसमा सङ्घ संस्था र हामी जस्ता जिम्मेवार नागरिकको पनि कर्तव्य हुन आउँछ,’ सानु भन्छन् ‘यो सङ्कटको अवस्थामा तराईमा बसोबास गरिरहेका कोही पनि भोजपुरबासी भोको रहनु हुँदैन भन्नेमा मेरो जोड छ ।’ उनले कोही भोकै हुने अवस्था भए आफूसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।
तिवारीले लकडाउनका कारण सङ्कटमा परेका विपन्न वर्गलाई सहयोग गर्न पाउँदा अत्यन्त खुसी भएको बताए । ‘दुःखमा परेकाहरूलाई आफै सहभागी भएर सहयोग गर्न पाउँदा मलाई करोडको खुसी मिलेको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved