प्रेस युनियन सुनसरीले जिल्लामा १५० पत्रकारको निःशुल्क बिमा

  • प्रकाशित मितिः जेठ ४, २०७७
  • 1046 पटक पढिएको
  • समय अनलाइन

इटहरी- प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय सबै पत्रकारको निःशुल्क बिमा गरेको छ। कोभिड–१९ को समयमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघमा आबध्द र अन्य सक्रिय गरेर १५० जना पत्रकारको निःशुल्क बिमा भएको छ।
प्रेस युनियन सुनसरी र आईएमई जनरल इन्सुरेन्सबीच सम्झौता भएको छ। सम्झौतामा युनियनका तर्फबाट अध्यक्ष पवन अधिकारी तथा इन्सुरेन्सका तर्फबाट प्रदेश संयोजक विमलकुमार न्जिततकारले हस्ताक्षर गरेका छन्।
बिमा रकम प्रतिपत्रकार १ लाख रहने सम्झौतामा उल्लेख छ। हस्ताक्षर कार्यक्रममा कम्पनीका इटहरीस्थित कार्यालयका म्यानेजर भोजराज अधिकारी, विराटनगरका म्यानेजर सुनिल ठाकुर तथा नेपाल प्रत्रकार महासंघ प्रदेश १ समितिका अध्यक्ष बिक्रम लुइटेल तथा महासचिव विवेक गौतम लगायतको उपस्थिति थियो।
सम्झौताअनुसार कोभिड–१९ को पीसीआर जाँचमा पोजेटिभ देखिएका पत्रकार बिमा रकमका लागि योग्य हुनेछन्। विमाको अवधि एक वर्षको छ। इन्सुरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत पत्रकारकाे बिमा गरेको हो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved