भोका मज्दुर भन्छन मेरो र तेरो नभनी दिने सानु तिवारी अब हाम्रा बाल बच्चा नि अगायर निदाउने भय

  • प्रकाशित मितिः जेठ ४, २०७७
  • 1886 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयाल इटहरी/समय मिडिया नेटवर्क प्रा.लिका अध्यक्ष एवम निर्माण व्यवसायी नारण प्रसाद तिवारी (सानु)को/कोभीड–१९) को संक्रमणलाई फैलन नदिन सरकारले देशभर गरेको लक डाउनका कारण मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने सडक मजदुर र आगाउपालीका को बाटो हेरेर बसेका बिपन्न परिवार को घर घरमा राहात भनिन्छ, कलमको सहि सदुपयोग भए एउटा अक्षरले संसार बदल्न सक्छ । हो आज यस्तै कमलको लेखाईले धेरै ज्याला मजदुरीको पेट भरिएको छ । एउटा समाचार आयो त्यस समाचारको हेडलाइन थियो, बिद्यार्थी र मजदुर भन्छन्ः कोठामा खाद्यान्न छैन, घरबेटीको दबाब उस्तै छ, कोठाभाडा कसरी तिर्ने ? शिर्षकमा । सो शिर्षकको समाचार जब भोजपुरका ब्यबसायी सानु तिवारीको फेसबुक वालमा पुग्यो त्यसपछि तिवारीले ति समाचारमा आएका पात्रको खोजी गरेर केही राहत दिने बिचार गरेरजानकारी लिए । र राहत दिने स्थान अथवा मजदुरहरुको घरसम्म पुगेहाले ।
समाचारमा उनिहरुको अवस्था बारे जति लेखिएको थियो, त्यो भन्दा बिजोक अवस्था देखे पछि उनले तुरुन्तै इटहरी वडा नम्बर ५ का स्थानीय २१ घर परिवारलाई राहत लिन गोदाममा आउन निम्तो दिए । तिवारी त्यती भन्नसाथ उनीहरुमा भगवान् नै प्रकट भएजस्तै गरी खुसीयाली नै छायो । उनीहरुले स्थानीय सरकारले यसअघि दिएझै १० किलो चामल देलान भनी ठानि राहत लिनका लागि हात सानो झोला बोकेर तिवारीले भनेको गोदामसम्म आए । तर तिवारीले ३० केजी चामल भएको एक बोरा चामल, दुई केजी दाल, एक केजी, नुन, र एक लिटर तेल दिए । यति पाएपछि २१ घरपरिवारका सदस्यहरुमा खुसीको कुनै सिमानै रहेन् 
राहत पाएपछि कतिपय भन्दै थिए हामी त वडा कार्यालयले दिए जति राहत होला भनेर झोला बोकेर आयौं तर एक बोरा चामल नै पाईयो । ती २१ घर परिवारले वडा कार्यालयबाट पहिलो चरणको राहत वापत १० किलो चामल पाएका थिए । दोस्रो चरणको राहत माग गर्दा वडाले टोल विकास संस्थाबाट नाम नआएको भन्दै त्यसै फर्काईदिएको थियो । लकडाउनका कारण श्रमगर्न जान समेत नपाएका उनिहरुको कयौ रात भोकभोकै वितेका थिए । राहत पाउनेहरुमा कोही होटलमा भाडा माज्ने, कोही उद्योगमा काम गर्ने श्रमिक हुन् । कोही बिभिन्न जिल्लाबाट अध्ययन गर्न बसेका बिद्यार्थी हुन् 
२१ परिवारको पहिला वास्तविक अवस्था बुझेर मात्र राहत वितरण गरेका खाद्यान्न दाता युवा व्यवसायी सानु तिवारीले भने –‘मेरो एकल प्रयास र लगानीमा आज सम्म करिब ४ सय ८० परिवारलाई राहत वापत खाद्यान्न दिईसके तर यी २१ घर परिवारको जस्तो विजोग मैले पाएको थिइन् ।’
तिवारीले यस्ता परिवारका बारेमा समाचार प्रकाशन गरेर आफुलाई राहत प्रदान गर्ने अवसरपनि दिए । उनले भने –‘मैले यतिका परिवारलाई भोट, नोट या कुनै स्वार्थ राखेर राहत वितरण गरेको होइन् । यो महासंकट र महामारीका बेला एक मानवले अर्को मानवलाई सकेको सहयोग गर्नु नै मानव जातिको धर्म ठानेर राहत दिइएको हो ।’
उनले हाल सम्म ४ सय ८० घर परिवारलाई उनिहरुको घर घरै पुगेर राहत बितरण गरिसकेको जनाए । अब आउने दिनमा पनि खाद्यन्नको अभावमा भोक भोकै बसेका व्यक्ति या परिवार कुनै माध्यमबाट आफ्नो सम्पर्कमा आए उनिहरुलाई पनि सकेको सहयोग गर्ने प्रतिवद्धता पनि तिवारीले जनाए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved