राहतको दालचामल लुकाएको नुवाकोटमा

  • प्रकाशित मितिः जेठ ८, २०७७
  • 883 पटक पढिएको
  • समय अनलाइन

विदुर । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ मा राहातको चामल पानी ट्याङ्ग्कीमा लुकाइएको अवस्थामा फेला परेको छ ।

वडा नम्बर १ को कागतीगाउँमा रहेको भवानी माबि नजिकको पानी ट्याङ्ग्कीभित्र लुकाइएको अवस्थामा स्थानियवासीले ९ बोरा चामाल र एक बोरा चामल भेटेका हुन । गाउँपालिकामा राहात नपाएर भोकमरी लाग्ने अवस्था आउँदा समेत राहात वितरण नगरि वडा नम्बर १ का वडाध्यक्ष चन्द्रवहादुर श्रेष्ठ वलामीले राजनिचि गर्न थालेको भन्दै स्थानियहरुले आक्रोश पोखेका छन ।

गाउँपालिकाले वडा नम्बर १ लाई राहात वितरणको लागि भन्दै ३४० बोरा चामलसहित दाल र तेल वडाअध्यक्षलाई तीन साताअघि दिएको थियो, वडाध्यक्षले अझैसम्म राहात वितरण नगरेर ने गरेका हुन ? भन्दै गाउँपालिका अध्यक्ष मानवहादुर लामाले असन्तुष्टि पोखेका छन । उनले तत्काल वितरण गर्न भनेर दिएको राहात सामाग्री किन वितरण नगरेको भन्दै आफुहरुले केरकार गर्न शुरु गरेको उनले बताए । अहिले नुवाकोटमा राहतको नाममा ब्यापार र राजनीति चल्दे गरेको अवस्थामा राहात सामाग्री नै विद्यालयमा राखेको ठाउँबाट हराउनु आफैमा लज्जाबोध र गाउँपालिकाकै वेज्जत भएको स्थानिय सुभलाल बलामीले बताएका छन ।

त्यस्तै वडाध्यक्ष चन्द्रवहादुर श्रेष्ठ वलामीले विद्यालयमा राखेको राहात सामाग्री हराउनु आफैमा लज्जाबोध भएको भन्दै घटनाको छानविन भइरहेको बताए । विद्यालयको कोठाभित्र राहात सामाग्री राखिएको थियो, तर केहिदिनपछि त राहात सामाग्री त पानीको ट्याङ्कीमा पो भेटियो, उनले भने । वडाध्यक्ष वलामीले विद्यालयको साँचो धेरै व्यक्तिसँग रहेको भन्दै उनीहरुमाथि छानविन भइरहेको बताए । त्यस्तै राहात खाद्यान्न चोरीको विषयमा जानकारी लिदाँ गाउँपालिकाकी उपाध्यक्ष सिता लामा खतिवडाले पालिकाले दिएको खाद्यान्न वडाले लगेर वितरण नगरि राखेको र अस्ती हराएको मैले पनि सामाजिक संजालबाट थाहा पाएकी हुँ उनले भनन् ि। केहि स्थानमा राहात वितरणमा ढिलाइ भइरहेको अवस्थामा वडामा नै राहात सामाग्री थन्केर वस्नु नै गलत भएको उनले बताइन ।

जनता राहातको नाममा छटपट्टिएर बसेको वेला राखेकै ठाउँबाट राहात सामाग्री हराउनु हास्यास्पद भएको सरोकारवालाहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved