आभूषण महासङ्घले बितरण गर्यो पिपिइ र मास्क

  • प्रकाशित मितिः जेठ १४, २०७७
  • 1201 पटक पढिएको
  • समय अनलाइन


काठमाडौँ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले इलाममा पिपिइ तथा माक्स वितरण गरेको छ। महासङ्घका १ नं प्रदेश कमिटी संयोजक बिसन शाक्य, कोषाध्यक्ष रुद्र बहादुर विश्वकर्मा र सदस्य सुदन शाक्यले संयुक्त रूपमा इलामका सीडीओ तुलसी राम सेढाइ र सशस्त्र प्रहरी उपरीक्षक रोशन श्रेष्ठलाई ५००० थान माक्स र २० थान पिपिइ हस्तान्तरण गरेका हुन्।
जिल्लाका सरकारी अस्पताल र स्वास्थ्य चौकीहरूमा अग्रपङ्तिमा रहेर कोरोना सङ्क्रमितको उपचारमा खटिने चिकित्सकहरूलाई उक्त सामग्री प्रदान गर्ने सीडीओ सेढाईले बताए। उनले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पिपिइ र माक्स सहयोग गरेकोमा धन्यबाद समेत व्यक्त गरे।

त्यसैगरी महासङ्घले स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले पनि खुशी व्यक्त गर्दै विशेष धन्यवाद दिए।

यस अघि पनि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अञ्चल अस्पताल विराटनगरको लागि माक्स र पिपिइ प्रदान गरिएको भन्दै महासङ्घ १ नं प्रदेश कमिटी संयोजक शाक्यले आफूहरूले सामाजिक दायित्व अन्तर्गत काम गरिरहेको जनाए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved