सरिता गिरिको नागरिक्ता खारेज गर्नुपर्छ नायक/निर्माता – नवल खड्का

  • प्रकाशित मितिः जेठ २७, २०७७
  • 1290 पटक पढिएको
  • समय अनलाइन

लेखक : नवल खड्का

सरिता गिरीको उदण्डता कुनै हालतमा क्षम्य छैन उनका हालका अभिव्यक्तिहरु नेपालको संविधान विरुद्ध छ। नेपाली जनताको देशभक्ति भावनामा ठोस पुर्‍याउने नियतले अभिप्रेरित छ। उनले जुन शक्तिलाई रिझाउन चाहेर बोलेकी छिन् त्यस शक्तिले पनि देशघातिबाट जुनसुकैबेला धोका हुनसक्छ भन्ने लिखत राखेको हुन्छ। कुनै पनि सभ्य मुलुकले अर्को मुलुकका देशभक्तलाई मन पराउँछ, राष्ट्रघातिलाई होइन।

उनी जस्तालाई थाहा होस्– अङ्ग्रेजहरुले भक्ति थापाको मृतक शरीरको दर्शन गरेर झुकेका थिए। उनै भक्ति थापाको देशभक्तिका लागि सम्मानस्वरुप नालापानीमा स्तम्भ गाडेका थिए। त्यस्ता सम्मानितले नै बहादुरीका साथ आर्जेको भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक हो। आज हामी त्यसै भूमिका लागि भारतसँग जुझिरहेका छौं। तर गिरी जस्ता अङ्गिकृत नागरिकहरु हामी विरुद्ध भारतीय कठपुतली बनिरहेका छन्।

उनीहरुका नचाइ र बोलाइ मुलुकको सार्वभौमसत्ताविरुद्धको अपराध हो। यो मुलुकको संविधान वर्खिलाप छ र राज्य विरुद्धको अपराधको सजायभागी छ।

मुलुकको संसदजस्तो गरीमामय पदमा रहँदारहँदै आएको उनको अभिव्यक्ति विश्वका संसदीय परम्परा तथा मान्यता विपरित हो। मुलुकको सम्मानित सदनमा सीमा दावीसम्बन्धी प्रस्ताव राखिएकोबेला यसका वर्खिलाप बोल्नुको नियत राष्ट्रको दावीविरोधलाई कमजोर बनाउने अभिप्राय हो।

गिरी थर उनले श्रीमानबाट पाएकी हुन् र उनको अङ्गिकृत नागरिकता श्रीमान कै कारणले पाएकी हुन्। उनले बुझ्नु पर्छ– संसारका कुनै पनि मुलुकमा विदेशी नागरिकले नागरिकता पाउनका लागि त्यस मुलुकको संविधान पालन गर्ने कसम खानु पर्छ र संविधानमा उल्लेखित भाषा बोल्नसक्ने हुनुपर्छ। अमेरिका लगायत विकसित मुलुकहरुमा विदेशीले नागरिकता पाउन भाषाको दक्षता भएको प्रमाण दिनु पर्छ र संविधानको पालना गर्ने कसम खानु पर्छ। त्यो उनले बुझ्नु पर्छ– नबुझे राज्यले संविधान र कानून अनुसार बुझाउन कारवाही थाल्नु पर्छ।

संविधानले हिन्दी भाषालाई राज्यमा बोलिने भाषाको रुपमा स्वीकार गरेको छैन। नगर्नुको कारण स्पष्ट छ– यसले तराइमा बोलिने भाषा मैथिली, भोजपुरी लगायतका भाषाहरुलाई विलोप गराउँछ। हो हिन्दीलाई मैथिली, भोजपुरी भाषा लगायतका भाषा र भाषिले बुझ्न थालेका छन्। यसो हुनु हिन्दीले ती भाषाहरु मिचेको कारण हो। तर यो मिचाहा हिन्दी भाषा तराइका लागि सम्पर्क भाषा हुन सक्दैन।

तराइका भाषिका क्षेत्रका सीमानामा रहेका दुवै भाषिकाहरु दुवै (मैथिली, भोजपुरी भाषा) भाषा बोल्न सक्छन् र बुझ्छन्। जसरी भारतमा यो हिन्दी भाषा उत्तर भारत र दक्षिण भारतका लागि सम्पर्क भाषा हुन सकेको छैन त्यसरी नै यो हिन्दी भाषा नेपालको तराइवासीको सम्पर्क भाषा हुन सक्दैन। स्मरण रहोस्, वर्षेनी सयौं हिन्दी सिनेमा बनाउने मुम्वइमा समेत यो भाषा सम्पर्क त के कामकाजीका रुपमा पनि स्वीकार्य छैन।

नेपाली राज्यले तराइमधेशमा केही पक्षपात गरेको छ र शासक वर्गले हेयभाव तथा भेदभाव गरेको छ। तर यसलाई ढाल बनाउँदै सदनमा हिन्दी बोल्नु तराइका गैरनेपाली भाषिका प्रति सरिता गिरीको सद्भाव होइन। यसले तराइ सीमामा हुने भारतीय राज्यबाट हुने दुर्व्यवहार र अपमानलाई सहनपर्ने अवस्था कायम गर्नमात्र सघाउ पुर्‍याउँछ। यसले आमरुपमा वोलिने मैथिली, भोजपुरी भाषा तथा सभ्यता र संस्कृतिलाई अन्तत नमियानामेट गर्छ। यही कुरा बुझेर मैथिली, भोजपुरी भाषाहरुको उत्थानमा लागेकाहरु हिन्दी भाषाको विरोधमा मसिनो स्वरमा उठाइरहेका छन्। तिनीहरुलाई गिरी जस्ता अङ्गिकृत नागरिकले सम्पर्क भाषा हिन्दी हो भनेकोमा अलिकति पनि समर्थन गरेका छैनन्।
हिन्दी सम्पर्क भाषा हो भन्नु आदिवासी नागरिकका विरुद्ध अङ्गिकृत वा कृतिम नागरिकको आक्रमण हो। यो सहनै नसकिने गरी भर्त्सनायोग्य छ। त्यसमाथि पहिचानका लागि मूलधारका दलहरुलाई त्याग गरी पहिचान आन्दोलन गर्ने विभिन्न व्यक्तित्वहरुको समाजवादी पार्टीको स्पिरिट विरुद्ध पनि छ।

यसर्थ संविधान विरुद्ध, संसदीय मान्यता प्रतिकूल, समाजवादी पार्टीको पहिचानका लागि आन्दोलन विरोधी भएका कारणले राज्यले संवैधानिक र कानूनी दायराभित्र ल्याउन कार्वाही गर्न, गरिमामय संसदले अन्तर्राष्ट्रिय जगतका संसदीय मान्यता र परम्पराको अनुपालन गराउन र समाजवादी पार्टीले पहिचान विरोधी कर्तुतलाई समयममै पहिचान गरी उनलाई कारवाहीका लागि सम्वन्धित पक्षसँग अनुरोध गर्दछु।

लेखक: नवल खडका नायक/ निर्माता ,काडेतार अभियानका अभियान्ता तथा नेपाली मजदुर एकता समाजका संस्थापक संरक्षक समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved