मोरङ प्रहरीको घुस रकम लिइदिने असई पक्राउ

  • प्रकाशित मितिः जेठ ३०, २०७७
  • 801 पटक पढिएको
  • समय अनलाइन

विराटनl: प्रहरी जवानले माग्दै गरेको रकम लिन गएका प्रहरी सहायक निरीक्षक (असई) अख्तियारको फन्दामा परेका छन् । मोरङ कटहरी सीआरभी प्रहरीका असई सीताराम घिमिरेलाई बिहीबार अख्तियारले पक्राउ गरेको हो । सीआरभीका चालक अरूण चौधरीले स्थानीय खाजा पसलेसँग नियमित रकम माग गर्दै आएका थिए ।

रकम दिन नमानेपछि चौधरीले असई घिमिरेलाई प्रयोग गरेका थिए । लगातारको दवाब पाएका पसलेले अख्तियारमा खबर गरेपछि कटहरी सीआरभीमा आएको एक सातामै घिमिरे पक्राउ परेका हुन् ।

घिमिरे पक्राउ परेका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले विज्ञप्ति जारी गर्दै स्थानीय होटल सञ्चालनमा सहजीकरण गर्ने भन्दै घिमिरेले ४ हजार रूपैयँ लिएको जनाएका छन् । घटना विवरण अनुसार चालक चौधरीले पसलेसँग रकम लिन लामो समयदेखि प्रयास गरेका थिए ।

सोमबार उनले घिमिरेलाई आफ्नो फोनबाट पसलेसँग कुरा गराई रकमको मोलमोलाई गर्न लगाएका थिए । ५ हजार माग गरेका घिमिरेलाई पसलेले ३ हजार दिने बताएपछि दुबैको ४ हजार रूपैंयामा कुरा मिलेको थियो । त्यस लगत्तै चालक चौधरीले फोन गरेर पसलेलाई भने– ‘असई साबलाई त भयो ड्राइभरलाई पनि दिनु पर्छ ।’ चौधरीले थप ५ हजार रूपैंया चालकका लागि माग गरेका थिए ।

अख्तियार इटहरीका कर्मचारीले घिमिरेले नै रकम माग गरेकाले उनलाई रंगेहात पक्राउ गर्ने बुधबार नै तयारी गरेको थियो । तर, घिमिरेले रकम दिन पसलेलाई बिहीबार बिहान १० बजे कटहरीको गुद्रीहाट लाग्ने ठाउँमा आउन भनेकाले अख्तियारको टोलीले एक दिन कुर्नु परेको थियो ।

बिहीबार दिउँसो ११ बजे असई घिमिरेले पसलेलाई कटहरी चोकको शिव मन्दिरमा बोलाएका थिए । असई घिमिरे जानु अघिनै अख्तियारको टोली त्यहाँ पुगिसकेको थियो । अख्तियार इटहरीका प्रहरी नायव उपरीक्षक श्याम सारू मगरको नेतृत्वको टोली भएकै ठाउँमा पसलेले ८ वटा ५ सय दरका नोट घिमिरेलाई बुझाए ।

दृश्य चलचित्रको जस्तो थियो । सादा पोशाकका मानिसले घिमिरेको हात समाउँदै सोधपुछ गरे । गाउँपालिका, जनप्रतिनिधि, जिल्ला प्रशासन र प्रहरीका प्रतिनिधिलाई बोलाइयो । घिमिरेले बोकेको पेस्तोल र सञ्चार सेट अख्तियारका प्रहरीले खोसेर सीआरभीकै हवल्दार महिलालाई जिम्मा दिए ।

वडाध्यक्ष जदुलाल कामतले वडा प्रहरी कार्यालय हाटखोलाका प्रहरी नायव निरीक्षक मनोज अधिकारीको शरीर खानतलासी गरेपछि अधिकारीले नियन्त्रणमा रहेका घिमिरेको शरीर जाँच गर्दा पाइन्टको खल्तीमा ८ वटा ५ सयका नोट फेला परेको थियो । त्यसअघि फोटोकपी गरेर राखिएको नोटको नम्बर मिलाएर घिमिरेले घूस लिएको प्रमाणित गरिएको थियो ।

दुई वटा ग्लासमा पानी हालेर एकमा वडाध्यक्ष कामत र अर्कोमा असई घिमिरेको हातको औंला डुबाउन लगाइयो । घिमिरेले औंला डुबाएको पानी रातो भएको थियो । अख्तियारले दिएको नोट पसलेमार्फत घिमिरेले लिएकाले उनको हातबाट रङ निस्किएको हो । चालक चौधरीको फटाईका कारण असई घिमिरे फसेको स्थानीयले बताए ।

अख्तियारको नियन्त्रणमा आएपछि असई घिमिरेले भने– ‘चिन्दै नचिनेको मानिसले फसायो ।’ स्थानीयका अनुसार चालक चौधरी कटहरीका साधारण कारोबारीका लागि अभिशाप बन्दै आएका थिए । लकडाउनका बेला सानातिना पसल खुलेपनि रकम माग गर्ने गर्थे । रकम माग गर्ने चौधरीले पठाएका असई पक्राउ परेपछि स्थानीयले चौधरीलाई पनि पक्राउ गर्नु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved