इलाका प्रहरी कार्यालय इटहरी हराएका४५ थान मोबाइल हस्तान्तरण

  • प्रकाशित मितिः असार १४, २०७७
  • 1120 पटक पढिएको
  • समय अनलाइन


२०७६ देखि इटहरी प्रहरीले सिडिआर शाखा स्थापना गरेर मोबाइल खोज्ने काम गदै आएको छ । इटहरी प्रहरीले ७६ वैशाखदेखि ७७ जेठसम्म ५५ लाख मूल्य बराबरको २ सय ३१ वटा मोबाइल धनीलाई बुझाइसकेको छ ।

तत्कालीन डिएसपी समीर चन्द्र खरेलले सिडिआर शाखामा आवश्यक उपकरण जुटाइदिएपछि मोबाइल खोज्ने काममा इटहरी प्रहरी अघि देखिएको हो ।

अहिले इटहरी प्रहरीमा वीरगन्ज, लहान, सिराहा लगायत प्रदेश १ का १४ जिल्लाबाट मोबाइल हराएको वा चोरी भएको उजुरी आउने गरेको छ ।

मासिक रूपमा ३० देखि ४० वटा उजुरी सिडिआर शाखामा आउने गरेको डिएसपी धर्मराज भण्डारी बताउँछन् ।

अन्य प्रहरी कार्यालय भन्दा इटहरीमा छुटै जनशक्ति राखेर मोबाइल खोज्ने गरिएको कारण परिणाम राम्रो देखिएको उनी बताउँछन् ।

‘माया मारेका वा उजुरी दिएर बिर्सी सकेकाहरूको पनि मोबाइल भेटाएर हामीले बुझाएका छौ’ उनले भने ‘मोबाइल भेटाएर धनीलाई बुझाएको सङ्ख्या नेपालमै उदाहरणीय हो’। यसले प्रहरीको अनुसन्धानलाई थप विश्वसनीय बनाएको भण्डारीको तर्क छ ।

४५ थान मोबाइल हस्तान्तरण

आइतबार इलाका प्रहरी कार्यालय इटहरीले थप ४५ वटा मोबाइल सेट सम्बन्धित धनीलाई बुझाएको छ । लकडाउनको समयमा विभिन्न स्थानबाट हराएका मोबाइलहरू भेटाइ एक कार्यक्रमका बिच डिएसपी भण्डारीले बुझाएका हुन् । बुझाइएका ४५ वटा मोबाइल करिब १० लाख मूल्य बराबरको भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved