पहिरोले दश परिवार विस्थापित

  • प्रकाशित मितिः साउन १३, २०७७
  • 992 पटक पढिएको
  • समय अनलाइन

अविरल वर्षासँगै पहिरो खस्दा गुल्मीको चन्द्रकोट गाउँपालिका–८ बाँस्कोट गाउँमा दश परिवार विस्थापित भएका छन् । उनीहरुलाई नजिकैको स्कुल र छिमेकीको घरमा राखिएको 

लगातारको वर्षाले बस्तीमा माथिबाट खसेको पहिरोले स्थानीय बाबुराम दमाई, जयबहादुर दमाई, टोपबहादुर दमाई, तेजबहादुर दमाई र केशवबहादुर परियारको परिवारलाई नजिकैको जनता बाल निकेतन मावि स्कुलमा सुरक्षित राखिएको वडाध्यक्ष नन्दराम अर्यालले बताए । दिलबहादुर राना, कर्णबहादुर दमाई, झगबहादुर सुनार, माया कुमाल, विष्णुबहादुर सुनारको घर पनि उच्च जोखिममा रहेकाले अन्यत्र सार्न थालिएको उनले बताए । घरमा बस्न नमिल्ने गरी पहिरोले चर्काएको छ । पहिरोले सिंगो बस्ती नै बगाउन सक्ने खतरा भएकाले सबैलाई स्कुल, छिमेकीको घरमा व्यवस्थापन गर्ने तयारी गरिएको वडाध्यक्ष अर्यालले बताए । वर्षाकै कारण गाउँमा आउने सबै कच्ची सडक अवरुद्ध भएका छन् ।विस्थापितलाई वडा कार्यालयले खाने व्यवस्था गरिएको उनले बताए । यसैबीच बुटवलबाट शान्तिपुरतर्फ आउँदै गरेको ना ६ ख ७७९२ नम्बरको ट्रक खसीमारे भन्ने स्थानमा पहिरोले बगाएको प्रहरीले जनाएको छ । चालक र सहचालक हाम फालेर बाँच्न सफल भएका छन् । ट्रकमा ५ लाख २५ हजार बराबरका हार्डवेयरका सामान रहेको बताइएको छ

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved