सन्दीपले गराए कोरोना परीक्षण

  • प्रकाशित मितिः श्रावण १३, २०७७
  • 809 पटक पढिएको
  • समय अनलाइन

। क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न ट्रिनिडाड जानुपूर्व नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले कोरोना परीक्षण गराएका छन् ।

उनले मङ्गलबार ललितपुरको सानेपास्थित स्टार अस्पतालमा आफ्नो स्वाब नमूना संकलन गराएको उनका व्यवस्थापक रमन शिवाकोटीले बताएका छन् । उनको रिपोर्ट बुधबारसम्म आउनेछ । आगामी अगस्ट १९ देखि ट्रिनिडाड एण्ड टोबागोमा सुरु हुने सीपीएलमा सन्दीपलाइ जमैका तलाहवाजले अनुबन्ध गरिसकेको छ । ट्रिनिडाड पुगेर सीपीएल खेल्नुअघि उनी दुई सातासम्म क्‍वारेन्टिनमा बस्‍नुपर्ने छ ।

यद्यपि सन्दीप कहिले प्रस्थान गर्ने भन्‍नेबारे हालसम्म टुंगो लाग्‍न सकेको छैन । नेपालबाट हुने नियमित अन्तर्राष्ट्रिय उडान हाल बन्द रहेकाले सन्दीपको यात्रा अनिश्‍चित बनेको हो । मंगलबार बेलुकासम्म उडानबारे निर्णय हुने व्यवस्थापक शिवाकोटीको भनाइ छ ।

सीपीएल खेल्न जानुअघि खेलाडीले आफ्नै देशमा कोरोना परीक्षण गरेर संक्रमण नभएको प्रमाण लिएर जानुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved