पितृ प्रसादमा खाँदा २८ जना बिरामी

  • प्रकाशित मितिः श्रावण १३, २०७७
  • 1077 पटक पढिएको
  • समय अनलाइन

पाल्पा जिल्लाको रामपुर नगरपालिका–७ मोहतीमा खीर खाँदा २८ जना बिरामी परेका छन्। बिरामीमध्ये १३ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य शाखा प्रमुख तीर्थ ढुंगानाले बताए। यद्यपि उनीहरूको अवस्थ खतरामुक्त छ। बिरामी सबै एउटै टोलका हुन्।

छिमेकी स्वर्गीय मानबहादुर विकको काजकिरियापश्चात् उम्कनेमा आयोजना गरिएको पितृभोजमा उनीहरूले खीर खाएका थिए। उनका अनुसार खीर पाउडर दूधमा पकाइएको थियो।
आइतबार खीर खाएका उनीहरूलाई सोमबार सामान्य पेट दुेखेको थियो। मंगलबार बिहानैदेखि पखाला लाग्ने, वाकवाकी लाग्ने र ज्वरोसमेत आउन थालेपछि रामपुर अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो। बिरामीमध्ये १३ जनालाई थप उपचारका लागि सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा रेफर गरिएको उनले बताए।

अन्यको भने रामपुर अस्पतालमै उपचार भइरहेको छ। बिरामी पर्नेमा २० जना महिला, ३ जना बालबालिका र ५ जना पुरुष छन्। उनीहरूलाई ‘फुड पोइजन’ भएको हुनसक्ने उनले बताए।
12-2

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved