हराएका मोबाइल खोज्दै लमजुङ प्रहरी

  • प्रकाशित मितिः साउन १४, २०७७
  • 1123 पटक पढिएको
  • समय अनलाइन

लमजुङ सदरमुकाम बेसीसहरका सुरज तामाङको डेढ वर्षअघि मोबाइल चोरी भयो। प्रहरीमा उजुरी त गरे तर, पाउँछु भन्नेमा ढुक्क थिएनन्। डेढ वर्ष पछिप्रहरीको फोन आयो, ‘तपाईको मोबाइल फेला पर्‍यो लिन आउनुहोस्।’विदेशमा श्रम बगाएर ल्याएको मोबाइल पाउँदा उनी खुसी बने। बेसीशहरकै देउमाया गुरुङको पनि घरबाटै मोबाइल चोरी भयो। महिनौपछि मोबाइल पाउँदा उनी पनि खुसी भइन्। 

लमजुङ प्रहरीले विभिन्न समयमा चोरी भएका ३३ वटा मोबाइल पत्ता लगाएर सम्बन्धित व्यक्तिलाई बुझाएको छ। पीडितहरुले दिएको निवेदनका आधारमा हराएका मोबाइल खोजी अभियान सुरु गरेको हो।

प्रहरीका अनुसार फेला परेका मोबाइलको मूल्य चार लाख ८० हजार पाँच सय रुपैयाँ रहेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले एक सातासम्म हराएको मोबाइल खोजी अभियान नै चलाएको थियो। अभियानको क्रममा विगत दुई वर्ष अघिदेखि हराएको मोबाइल भेटिएको लमजुङ प्रहरीले जनाएको छ।

पछिल्लो एक महिनामै ३३ वटा चोरी गरिएका मोबाइल पत्ता लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए।

मोबाइल हराएमा प्रहरीले खोजी गर्छ भन्ने सर्वसाधरणमा जानकारी नहुँदा निवेदन कम आउने गरेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए। प्रहरीमा निवेदन दिएमा विभिन्न प्रविधिको प्रयोगबाट हराएका मोबाइल पत्ता लगाउन सकिने थापाले बताए। हराएका मोबाइल खोजी अभियान नै चलाएर यति धेरै पत्ता लगाएको यो नै पहिलो भएको लमजुङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved