महाभारतका स्थानीय चढ्छन् हेलिकप्टर

  • प्रकाशित मितिः श्रावण १४, २०७७
  • 1126 पटक पढिएको
  • समय अनलाइन

खानीखोला गाउँपालिका–६ का १७ वर्षीया किशोरीलाई उपचारार्थ अस्पताल लैजान मङ्गलबार दिउँसो हेलिकप्टर गाउँ पुग्यो तर हेलिकप्टर रित्तै फर्किनुपर्‍यो । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भयो । 

तीन दिनदेखि झाडापखालाले ग्रस्त रञ्जिता थोकरलाई थप उपचारका लागि काठमाडौँ लैजान परिवार र जनप्रतिनिधिले मङ्गलबार बिहानै निर्णय गरे । सोहीअनुसार गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी हेलिकप्टरको व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गरे । 

लगत्तै प्रशासनले गृह मन्त्रालयलाई आग्रह गरी हेलिकप्टर गाउँ पुर्‍याइएको हो । “हेलिकप्टर गाउँ आउँदै थियो, रञ्जिातको मृत्यु भयो, हेलिकप्टर रित्तै फर्किनुपर्‍यो”, वडाध्यक्ष मानबहादुर तामाङले भने ।
 
सोमबार पनि खानीखोला गाउँपालिकाकै ४ नम्बर वडास्थित जगथलीकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत नै उद्धार गरियो । केही दिनदेखि व्यथाले च्यापेकी उनलाई अस्पताल लैजानुको विकल्प नभएपछि हेलिकप्टर मगाइएको अध्यक्ष खुलालले बताए । 

आइतबार पक्षघात रोगबाट ग्रसित महाभारत गाउँपालिका–७ का ७५ वर्षीय वृद्ध लालबहादुर लोलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगियो । एक हप्ताको बीचमा डाँडापारि क्षेत्रबाट तीन बिरामीका लागि हेलिकप्टर प्रयोग गर्नुपर्‍यो भने साउन पहिलो साता महाभारत गाउँपालिका–२ की २१ वर्षीया गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
 
भौगोलिक विकटता तथा जारी अविरल वर्षाका कारण कच्ची सडक अवरुद्ध हुँदा काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा हवाई उद्धार गर्नुपर्ने बाध्यता छ । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वर्षायाममा डाँडापारि क्षेत्रमा बिरामीको उद्धारमा निकै कठिनाइ हुने गरेको दुःखेसो गर्छन् । 

उनले भने, “वर्षायाममा गम्भीर बिरामी-गर्भवतीलाई हेलिकप्टरबाट उद्धार गर्नुको विकल्प छैन ।” उनका अनुसार महङ्गो भए पनि विकट क्षेत्रमा सडक अवरुद्ध हुँदा हेलिकप्टर निकै सजिलो साधन हो ।
 
साउन महिनाको दुई सातामा महाभारत पर्वत शृङ्खलापारि (डाँडापारी) अवस्थित दुई गाउँपालिका महाभारत र खानीखोलाका दुई गर्भवती र दुई बिरामीको उद्धार गरिएको छ । मनसुन शुरु भएसँगै बाढीपहिरोले डाँडापारिका कच्ची सडक अवरुद्ध हुँदा गाउँपालिकामार्फत हेलिकप्टर ‘चार्टर्ड’ गर्नुपर्ने खानीखोला गाउँपालिका अध्यक्ष खुलालले बताए । “पहिले पनि समयमै उपचार नपाउँदा केही गर्भवती तथा सुत्केरी र बिरामीको गाउँमै मृत्यु हुन्थ्यो, अहिले स्थानीय तहको सहयोगमा केही सहजता भएको छ”, उनले भने ।
 
हेलिकप्टरबाट बिरामी-गर्भवतीको उपचारार्थ उद्धार गरिए पनि काठमाडाँै लैजानुपर्ने अर्को बाध्यता रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, “हेलिकप्टर काठमाडौँबाट मगाइएपछि उतै लैजानुपर्छ, जिल्ला सदरमुकामका अस्पताल लैजान हेलिकप्टर अवतरण गर्न अर्को व्यवस्थापन गर्नुपर्छ, सजिलो उतै हो ।” 

सरकारले विकट क्षेत्रका गम्भीर बिरामी तथा गर्भवतीको उद्धार गर्नका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि–२०७५ बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved