मोरङ, मोरङको बुढी गंगा गाउँपालिका-२ बिराटनगर ईटहरी सडक खण्डमा बिहिवार राती साँढे ८ बजे भएको बस दुर्घटनामा परी बस चालकको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । बिराटनगरबाट ईटहरी तर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको बस आफै अनियन्त्रीत भई सडकको डिभाईडरमा ठोक्किन गई दुर्घटना हुँदा घाईते भएका ४ जनालाई उपचारको लागी टिचिङ अस्पताल गंगा चोक लगिएकोमा उपचारको क्रममा बसका चालक धनकुटाको साँगुरी गढी गाऊँपालिका-७ का २९ बर्षीय जोशन राईको मृत्यु भएको हो । अन्य ३ जना घाईते सोही अस्पताल उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved