कोरोना संक्रमणका कारण जगदम्बा इन्टरप्राइजेजका सीईओकाे निधन

  • प्रकाशित मितिः श्रावण १६, २०७७
  • 636 पटक पढिएको
  • समय अनलाइन

काठमाण्डाै ।  काेरोना संक्रमणका कारण वीरगन्जवासी जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ)काे निधन भएकाे छ। वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा बिहीबार राति ५६ वर्षीय भारतीय नागरिक उनकाे निधन भएकाे हाे। भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए।

भारतको दिल्ली घर भएका उनी वीरगञ्ज–११ श्रीपुरमा बस्दै आएका थिए। ‘उहाँलाई ७ साउनदेखि आइसियुमा राखेर उपचार सुरु गरिएको थियो,’ उपाध्यायले भने, ‘स्वास्थ्य थप जटिल भएपछि बिहीबार दिउँसोदेखि भने भेन्टिलेटरमा राखिएको थियो, तर राति ११ बजे उहाँको निधन भयो।’मुटुको रोगी उनलाई ६ साउनमा कोरोना पुष्टि भएको उपाध्यायले बताए।

उनको शव हाल वीरगञ्ज कोभिड अस्पतालमै छ। शवको वीरगञ्जमै अन्त्यष्टि गरिने उपाध्यायले जानकारी दिए। ‘उनी भारतीय नागरिक भएपनि शव उता पठाइँदैन। वीरगञ्जमै अन्त्यष्टि हुन्छ,’ उपाध्यायले भने।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved