कतारमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १७ पुग्यो

  • प्रकाशित मितिः श्रावण १६, २०७७
  • 757 पटक पढिएको
  • समय अनलाइन

 कतारमा कोरोना संक्रमण कम हुदै गएको छ ।

बिहीबार ३०७ नयाँ केस थपिएसँगै संक्रमितको संख्या १ लाख १० हजार ४ सय ६० जना पुगेको छ ।बुधबार मात्र २४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने योसँगै निको हुनेको संख्या १ लाख ७ हजार १३५ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

हालसम्म कोरोनाको कारण १७१ जनाले मृत्यु भएको छ । जस मध्ये कोरोना सङ्क्रमणबाट १७ जना नेपाली श्रमिकको पनि मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

हालसम्म कतारले ४ लाख ८७ हजार ४३५ जनाको कोरोनाको परीक्षण गरी सकिएको जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने दूतावाससंग पनि तथ्याङक छैन । कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् ।

कोरोना भाइरसबाट बच्न सबैलाई सावधानिको उपायहरु अपनाउन तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने छ । सबैले अनिवार्य रुपमा एथेराज एप प्रयोग गर्नु पर्ने जनाएको छ । कतारले स्थिति सामान्य बन्दै गए चौथो चरण अर्थात् सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

इदमा दुई दिन नेपाली दूतावास बन्द हुने

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इदको अवसरमा नेपाली दूतावास दुई दिन बन्द हुने भएको छ । दूतावासले एक सूचना जारी गर्दै अगष्ट २ र ३ तारिख बन्द हुने जनाएको छ । अगष्ट ४ तारिख मंगलबारबाट कार्यालय संचालन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved