पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य बढेर प्रतितोला १ लाखको नजिक पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ३ सयले बढेको छ भने चाँदी २५ रुपैयाँले घटेको छ ।
बिहीबार ९९ हजारमा कारोबार भएको छापावाला सुन आज ३ सयले बढेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९८ हजार ८६५ सयमा कारोबार भइरहेको छ ।
चाँदी भने आज २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved