अर्बपति जुवाडेलाई थुनेका डिएसपी कमिसनको लोभमा पर्दा यसरी फसे

  • प्रकाशित मितिः श्रावण १६, २०७७
  • 698 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं /मंगलबार काठमाडौंमा भएको एक विवादास्पद अप्रेसनमा प्रहरीको कमजोरी पुष्टि भएको छ । डिएसपीको कमजोर कमाण्डको क्षमता उठाउँदै प्रहरी जवानले सुन तस्करलाई भगाएको छानबिनमा खुलेको हो । सुन प्रहरीले बरामद गरेको देखाएर सुन बेच्ने व्यक्तिलाई ठगी गर्ने एक अपराधिक समूहको पूर्व योजनाअनुसार सो घटना भएको प्रहरीको प्रारम्भिक छानबिनको निष्कर्ष छ । मंगलबार बिहान सुन्धारामा बा.६ च ५५१९ नम्वरको स्कोरपियोमा रहेका व्यक्तिले दुई वटा पेस्तोल र सुन रहेको झोला फालेर भागेको प्रहरीले जनाएको थियो । झोला फालेको नभई प्रहरीलाई नै दिएको र प्रहरीकै मिलमेतोमा सो गाडी भागेको छानबिनमा खुलेको हो ।

सुरुमा १५ किलो सुन रहेको बताइपनि आधा किलो मात्र सुन भएको अरु नक्कली सुन भएको खुलेको थियो । सुन र पेस्तोल रहेको झोला फालेर गाडी सजिलै भाग्नु शंकास्पद भएपछि महानगरीय प्रहरी कार्यालयले एसएसपी सुशील कुमार यादबको नेतृत्वमा घटनाको छानबिन गरिरहेको छ ।

छानबिन स्रोतका अनुसार तस्करहरुसँग महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान बहादुरसिंह कठायतसँग सेटिङ देखिएको छ । उनी सिआरभीका चालक हुन् । तस्कर समूहका कौशल पटेलले जवान कठायतलाई आर्थिक प्रभावमा पारी घटनाको योजना बनाएका थिए । ‘अहिलेसम्मको छानबिनमा गाडीमा रहेको समूह सुन तस्करीमा आबद्ध देखिन्छ,’ छानबिन समितिका एक अधिकारीले भने,‘उनीहरुले भारतीय समूहबाट १५ किलो सुन बेच्ने भनेर केही पैसा लिएका थिए, तर सुन प्रहरीले बरामद गरेको देखाएर त्यसरी पूर्व योजनाअुनसार नै प्रहरीलाई दिएका थिए ।’

प्रहरीले सक्कली सुन साटेर नक्कली बनाएको भन्नका लागि त्यस्तो योजना बनेको पक्राउ परेका पटेलले बताएका छन् । यद्यपी प्रहरीले अन्य कोणबाट पनि अनुसन्धान गरिरहेको छ । दरबारमार्ग वृत्तका जवान कठायत र अर्का जवान प्रसन्न श्रेष्ठलाई छानबिन समितिले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ । सिपाही कठायत र सुराकी भनिएका पटेलबीच पुरानो चिनजान भएकाले उनीहरुले यस्तो योजना बनाएका थिए । घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने घटनामा प्रयोग भएको गाडी प्रहरीले बिहीबार ललितपुरमा फेला पारेको छ ।

पूर्व योजनाअनुसार सो गाडीलाई कमलादीबाट पिछा गरी सुन्धारामा गएर सुन र पेस्तोल रहेको झोला तस्कर समूहका व्यक्तिले एक सिपाहीलाई दिएका थिए । दरबारमार्ग वृत्तका डिएसपी पनि पछि पछि थिए । सिपाहीले उनलाई समेत गुमराहमा राखेको बताइएको छ । सुरुमा सिपाहीले उनलाई १५ किलो सुन नै बरामद भएको बताएका थिए ।

सुरुमा डिएसपी दाहालले कमलादीमा सुन बरामद भएको बताएका थिए । सुन्धारा आफ्नो क्षेत्रमा नपर्ने भएको र सुनको कमिसन रकम अन्य प्रहरीलाई पनि बाँडफाँड गर्नुपर्ने भएकाले उनले घटनास्थलमा सुरुमा ढाट्ने प्रयास गरेको देखिएको छ । साथै भागेको गाडीको विवरण टिपाउन ढिलाई गरिएको छानबिनमा खुलेको छ ।

सोही कारण उनलाई बिहीबार दरबारमार्ग वृत्तको जिम्मेवारीबाट हटाइएको छ । गाडी भगाउन डिएसपीको संलग्नताको प्रमाण नभेटिएको छानबिन समितिका एक अधिकारीले बताए । डिएसपी दाहालले विगतमा अर्बपति जुवाडेलाई पक्राउ गरेका थिए । उनीहरुलाई छाड्न लाखौंको प्रस्ताव आउँदा पनि उनले मानेका थिएनन् ।

आर्थिक रुपमा उनी यसअघि विवादमा परेका अधिकृत होइनन् । तर, यसपटक सिपाहीलाई धेरै विश्वास गर्दा र सुनको कमिसनको लोभ गर्दा उनलाई धक्का लागेको छ । घटनाका योजनाकार भने बाराका इल्ताफ अन्सारी हुन् । बरामद गाडी उनकै हो । बारामै बसोबास गर्ने उनी कुनै समेत नक्कली भारतीय नोट कारोबारीका नाइके थिए । नक्कली भारु तस्करीमा लामो समय जेल परेका उनको भारतीय अन्डरवल्र्ड समूहसँग समेत सम्पर्क छ ।

जेलबाट छुटेपछि उनले सुन तस्करीको काम समेत गर्न थालेको खुलेको छ । उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । लकडाउनको समयमा पास लिएरै उनी बाराबाट काठमाडौं आएका थिए । पक्राउ परेका उपर प्रहरीले संगठित अपराध, हातहतियार लगायत मुद्दा चलाउने तयारी गरेको छ । पक्राउ पर्नेमध्ये एक ट्याक्सी चालक समेत छन् । जसको प्रत्यक्ष संलग्नता नभएको र भगाउन सहयोग गरेको देखिएको छ । दृष्टि न्युज बाट साभार 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved