विवादित अप्रेसन: एक किलो सुन लुकाउने चक्करमा प्रहरीले नै उम्काए अपराधी

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • 639 पटक पढिएको
  • समय अनलाइन

मंगलबार राजधानीमा साढे १४ केजी चाँदी, आधा केजी सुन र दुई थान हतियार बरामद घटनामा प्रहरीको संलग्नता खुलेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गका दुई जवान पनि सो घटनामा संलग्न रहेको खुलेपछि उनीहरुलाई पनि पक्राउ गरिएको छ।

उनीहरुले सुन आफैं लुकाउने उदेश्यले इन्चार्जलाई सही सूचना नदिएको र अभियुक्तलाई भगाएको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए। सुन लुकाउनकै लागि सुन्धारामा गाडीबाट झरेर हतियार र सुन बुझाएका भारतीय नागरिक निलेश सकियालाई ती प्रहरीले पक्राउ गरेका थिएनन्।

प्रहरीले पक्राउ नगरेपछि निलेश पनि सुन र हतियारको झोला प्रहरी जवान बहादुरसिंह कठायतलाई बुझाएर भागेका थिए। बहादुरसिंहले १ केजी नक्कली सुन लुकाएको फेला परेपछि घटनाको थप रहस्य बाहिरिएको हो। बहादुरसिंहले सुरुमा सबै सुन सक्कली भन्ने सूचना पाएका थिए। त्यही भएर उनले १ केजीको टुक्रो लुकाएर अरु दरबारमार्गका डीएसपी दाहाललाई बुझाएको अनुसन्धान अधिकृत बताउँछन्।

बहादुरसिंहले लुकाएको नक्कली सुन उमेश श्रेष्ठको कोठामा शुक्रबार फेला परेको छ। बहादुरसिंह र उमेश केही वर्षदेखिका साथी हुन्। बहादुरसिंहलाई बाइकको पछाडि राखेर उमेशले नै घटनास्थल सुन्धारा पुर्‍याएका थिए।

बहादुरसिंहले प्रशन्न श्रेष्ठलाई खबर गर्थे। प्रशन्नले दरबारमार्ग वृत्तका इन्चार्जलाई भन्थे। उनीहरु दुवैले इन्चार्जलाई समेत सही सूचना नदिएको र ढिलो सूचना दिएको पाइएको अनुसन्धानमा संलग्न प्रहरी बताउँछन्।

उनीहरुले सुन र हतियारको झोला बुझिसकेपछि मात्रै डीएसपी दाहाल सुन्धारा पुगेका थिए।

निलेश सकिया भारतीय व्यापारी हुन्। उनी नेपालबाट सुन लैजान्छन् र त्यहाँ व्यापार गर्छन्। भारतकै कौसल पटेलको लाजिम्पाटमा जेन्स एन्ड ज्वेलरी छ। लकडाउनका कारण व्यवसाय नचल्दा उनी टाठ पल्टिएका थिए। व्यापारबाट कमाइ हुन छाडेपछि सुराकी दिएर केही पैसा हात पार्ने सोचमा रहेको उनीहरुको बयान छ।

निलेशले ‘सुन’का मालिक राजु भण्डारी भनिने इल्ताफ हुसेन र सञ्जय पटेलको गतिविधि थाहा पाएका थिए। तर कौशल, देवान र विजयले उनीहरुले सक्कली सुन नै भारततर्फ लैजाँदै गरेको सूचना प्रहरीलाई दिएका थिए।

फरार रहेका इल्ताफ र सञ्जयले आफूलाई गाडीबाट झारेर सुन र हतियार प्रहरीलाई बुझाउन लगाएको र जेल परे छुटाउने आश्वासन दिएको बयान निलेशले दिएका छन्। तर, प्रहरी जवानले आफूले सुन लुकाउने प्रयासमा निलेशलाई उम्किन दिए। तर, उनले लुकाएको सुन त नक्कली पर्‍यो नै, घटनाको पोल पनि खुल्यो।

घटनामा संलग्न ९ जनालाई महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरले नियन्त्रणमा लिइसकेको छ। भारत गुजरातका निलेश सकिया, देवानसिंह पटेल, विजय पटेललाई महाशाखाको टोलीले नवलपरासीबाट पक्राउ गर्‍यो। घटना भएकै दिन कौशल पटेललाई परिसरको टोलीले पक्राउ गरेको थियो।

काठमाडौंबाट भाग्दै गरेका तीन जनालाई लिएर गएका ट्याक्सी चालक सन्दीप गुरुङलाई पनि उनीहरुसँगै महाशाखाको टोलीले पक्राउ गर्‍यो।

प्रहरी जवान प्रशन्न श्रेष्ठ, बहादुरसिंह कठायत र उनका साथी उमेश श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।

116262444_3062034387242453_3665152292941650983_n.jpg

चाँदीमा सुनको जलप लगाउने मनिष मलिक पनि पक्राउ परेका छन्। घटनामा प्रयोग भएको बा ६ च ५५१९ नम्बरको स्कार्पियो पनि प्रहरीले ललितपुरको नखिपोटमा फेला पारेको छ। गाडी परिसमा ल्याइसकेको छ। घटनाको भोलिपल्ट नखिपोटस्थित निर्माणाधीन घरको कम्पाउन्डमा छोपिएको अवस्थामा गाडी फेला परेको थियो।

घटनास्थलमा डीएसपी रन्जन दाहाललाई जवान कठायतले आधा केजी सुन, साढे १४ केजी सुनको जलप लगाइएको चाँदी र दुई वटा चाइनिज पेस्तोल बुझाएका थिए।

अनुसन्धान अधिकृतका अनुसार घटनामा उनको संलग्नता देखिँदैन। तर अप्रेसनमा त्रुटि भने भएको पाइएको छ। ती अधिकृत भन्छन्, ‘उनले सूचना पर्याप्त लिएनन्, जवानको भरमा परे र घटनास्थल अर्कै बताए। जसका कारण उनीमाथि पनि अनुसन्धान गर्नु पर्ने भयो।’

घटनास्थल फरक परेका कारण काठमाडौं परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीमाथि पनि शंका गर्दै छानबिन समिति गठन गरिएको छ। ५ दिनभित्रमा प्रतिवेदन बुझाउन भन्दै गठन गरिएको छानविन समितिको म्याद थप हुन सक्ने महानगरीय प्रहरी कार्यालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved