सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले दिएको जानकारीअनुसार सभामुख निवासमा कार्यरत एक सुरक्षाकर्मीमा कोरोना देखिएको हो।
‘सभामुख निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भयो,’ उनले सेतोपाटीसँग भने, ‘सभामुखसहित ट्रेसिङमा पर्ने अरूको पनि स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी छ। सभामुख सापकोटाको सचिवालयका अनुसार ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुख निवास आएको देखिन्छ।
‘ती सुरक्षाकर्मी साउन ६ गतेपछि यहाँ आउनुभएको छैन,’ सभामुख सचिवालय स्रोतले भन्यो, ‘उहाँमा कोरोना पुष्टि भएपछि अरू सुरक्षाकर्मीको हिजो नै स्वाब संकलन गरिसकिएको छ। रिपोर्ट आइसकेको छैन।’ती सुरक्षाकर्मी सभामुखको सुरक्षाका लागि अगुवा गाडिमा रहने प्रहरी हुन्। ‘सभामुखलाई सुरक्षा दिने बेला मात्रै अगुवा गाडि आउँदा उहाँ पनि सभामुख निवास आउनुहुन्थ्यो,’ सभामुखको सचिवालय स्रोतले भन्यो, ‘उहाँहरू प्रहरी प्रधान कार्यालय नै बस्नुहुन्थ्यो।’
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved