इटहरी / सुनसरीकाे रामधुनी नगरपालिले काेराेनाकाे जाेखिम बढेकाे जनाउदै शनिबार राती १२ बजेदेखि साउन २४ गतेसम्म लकडाउन घाेषणा गरेकाे छ । नगर कार्यपालीकाकाे बैठकले लक डाउन गृने निस्कर्ष निकाले संगै रामधुनी पनि लकडाउन भएकाे हाे । यसै बिच इटहरी उपमहानगरपालीकामा पनि थप एक जनामा काेराेना भाइरस संक्रमण पुस्टी भएकाे छ ।
केही दिन अगाडि इटहरी उपमहानगरपालिकाका एक कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि ७८ जनाको स्वाब परीक्षण गरिएको थियो ।
७८ जनाको मध्ये ४० जनाको प्रदेश ल्याबमा पठाईएको र उनीहरुको आज रातीसम्म रिपोर्ट आउँने र ३८ जनाको कोशी ल्याब पठाईएको र उनीहरुको केहीबेरमा रिपोर्ट आउँने इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाले बताए ।
एकजनामा रिपोर्ट चैँ पोजेटिभ आएको भन्ने कुरा छ, उनले फोन सम्पर्कमा भने, तर त्यसको आधिकारिक रिपोर्ट आउँन बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved