कोरोना संक्रमण देखिएपछि न्यूरो अस्पतालको इमरजेन्सी वार्ड सिल

  • प्रकाशित मितिः श्रावण १८, २०७७
  • 843 पटक पढिएको
  • समय अनलाइन

बिराटनगर । चिकित्सकमा कोरोना संक्रमण देखिएपछि न्यूरो अस्पतालको कोभिड १९ व्यवस्थापन समतिले इमरजेन्सी वार्ड फ्युमिगेसन र स्टेरिलाईजेसनका लागि सिल गरेको छ । दुई महिना अघि अस्पताल निर्देशकहरुको बोर्ड बैठकले कोभिड व्यवस्थापन निर्देशिका बमोजिम कोभिड व्यवस्थापन समिति बनाएको थियो । समितिका अध्यक्ष रञ्जितराज बस्नेतका अनुसार शुक्रबार इमेरजेन्सी वार्ड डिसइन्फेक्सन गर्नका लागि सिल गरिएको हो ।

शुक्रबार अस्पतालको इमरजेन्सीमा कार्यरत मेडिकल अफिसरको कोरोना पोजेटिभ देखिएको थियो । संक्रमित व्यक्ति विराटनगर अस्पतालमा पनि कार्यरत थिए । यस अघि विराटनगर अस्पतालका सञ्चालक मध्येका एक जनामा कोरोना पोजिटिभ देखिएपछि अस्पतालका अन्य चिकित्सकहरुको पिसिआर जाँच गर्दा शुक्रबार उनको रिपोर्ट पोजिटिभ आएको थियो ।
न्यूरो अस्पतालले दुई महिना अघि आइसोलेसन वार्ड बनाइसकेको थियो ।

आइसोलेसनमा कोरोनाका शंकास्पद व्यक्तीको उपचार गर्ने व्यवस्था मिलाइएको छ । शंकास्पद व्यक्तीको स्वाब संकलन गरि अस्पतालले परिक्षणका लागि स्थानिय सरकार र प्रादेशिक सरकारलाई जानकारी गराँउदै आएको छ । शुक्रबार संक्रमित भेटिए सँगै उनको कन्टयाक ट्रेसिङ गरि स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले न्यूरो हस्पिटलले कोभिडको प्रोटोकललाई ध्यानमा राखेर आफ्नो इमेरजेन्सी वार्ड सिल गरेकाे बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved