सुनसरी अदालतको सबै सेवा सुचारु

  • प्रकाशित मितिः श्रावण १८, २०७७
  • 823 पटक पढिएको
  • समय अनलाइन

इटहरी । लक डाउनका कारण प्रभावित बनेको सुनसरी जिल्ला अदालतको सबै सेवा संचालनमा आएको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले जारी गरेको लक डाउनसँगै सुनसरी जिल्ला अदालतले नियमित काम कार्वाही र सेवा प्रवाहलाई सिमित गरेको थियो ।

सरकारले लक डाउन खोलेपछि सम्पूर्ण काम कार्वाही संचालनमा ल्याएको जिल्ला अदालतले इनरुवा नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेसँगै पूनः स्थगित गरेको थियो । केही दिन सेवा स्थगित गरेको सुनसरी जिल्ला अदालतले सेवा प्रवाह रोक्नु पर्ने अवस्था नदेखिएको भन्दै नियमित सेवा सुचारु भएको जनाएको छ । जिल्ला अदालतको पूर्ण बैठकले उक्त निर्णय गरेको श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार आइतबार बाट सेवाग्राहीले नियमित सरह अदालती सेवा लिन सक्ने छन् ।

सुनसरी जिल्ला अदालतले सेवा प्रवाह नियमित गरिए सँगै सामाजिक दुरी र स्वास्थ्य सावधानी भने अनिवार्य गरेको छ ।कार्यालयमा प्रवेश गर्दा साबुन पानीले हात धुने देखि मास्क लगाउने र सामाजिक दुरीलाई कडाईका साथ लागु गरिने श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताउनु भयो ।नियमित काम कार्वाही र सेवा प्रवाह थालिएको बताए पनि सुनसरी जिल्ला अदालतले फिल्डमा गएर सम्पादन गरिने सेवा भने तत्काल उपलब्ध नहुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved