विश्वमा संक्रमित संख्या एक करोड ७९ लाख बढी

  • प्रकाशित मितिः श्रावण १८, २०७७
  • 785 पटक पढिएको
  • समय अनलाइन

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वमा एक करोड ७९ लाख ९६ हजार आठ सय नौ पुगेको छ ।पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ४४ हजार एक सय एक जना नयाँ संक्रमित थपिएका छन् ।हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या छ लाख ८७ हजार सात सय ७७ पुगेको छ ।

एक करोड १३ लाख १० हजार चार सय ३१ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।५९ लाख ९८ हजार छ सय एक जना उपचाररत छन् ।उपचाररत मध्ये ६५ हजार छ सय ३१ जनाको अवस्था चिन्ताजनक छ ।कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म ४७ लाख ६३ हजार छ सय सात जनामा संक्रमण पुष्टि भएको छ ।

एकै दिन ५७ हजार सात सय १८ जना नयाँ बिरामी थपिएका छन् ।एक लाख ५७ हजार आठ सय ७७ जनाले ज्यान गुमाइसकेका छन् ।२२ लाख ४९ हजार सात सय ४० जना उपचाररत रहेकोमा १८ हजार छ सय ६५ जनाको अवस्था गम्भीर छ ।प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा हालसम्म कोरोनाकै कारण ९३ हजार छ सय १६ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ४२ हजार पाँच सय ७८ जना नयाँ बिरामी थपिएपछि ब्राजिलमा संक्रमित संख्या १७ लाख आठ हजार आठ सय ७६ पुगेको छ ।सात लाख ३१ हजार दुई सय नौ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ को अवस्था गम्भीर छ ।छिमेकी मुलुक भारत विश्वमा प्रभावित हुनेमध्ये तेस्रो नम्बरमा पर्छ ।त्यहाँ हालसम्म १७ लाख ५१ हजार नौ सय १९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ५४ हजार आठ सय ६५ जना नयाँ बिरामी थपिएका छन् ।३७ हजार चार सय तीन जनाले ज्यान गुमाइसकेका छन् ।११ लाख ४६ हजार आठ सय ७९ जना उपचारपछि निको भएर फर्किएका छन् ।पाँच लाख ६७ हजार छ सय ३७ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved