बिचार र बिधिको बहस हो, पदको झिनाझप्टी हैन : प्रचण्ड

  • प्रकाशित मितिः श्रावण १८, २०७७
  • 1052 पटक पढिएको
  • समय अनलाइन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पार्टीभित्र चलिरहेको विवाद पद प्राप्तिको झिनाझप्टी नभएर बिचार र बिधिको बहस भएको बताउनुभएको छ ।

कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंको च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीको बहसलाई पद प्राप्तिका लागि भएको भनेर गलत प्रचार गरिएको बताउनुभयो ।

‘पार्टीमा उठेको अहिलेको बहस पद प्राप्तिका लागि हो कि भन्ने भ्रम पार्न खोजिएको छ’, प्रचण्डले भन्नुभयो, ‘यो नेतृत्वको छिनाझपटी विल्कुल होइन, पार्टीलाई कसरी अघि बढाउने भन्ने विचार र पद्दतिको बहस हो।’ आम नेपाली र कार्यकर्ताका मनमा पार्टी फुट्छ कि भन्ने प्रश्न उठेको भन्दै प्रचण्डले अहिलेको बहस पार्टी एकता कायम राख्दै सुदृढ बनाएर लैजानेतर्फ केन्द्रित भएकाले पार्टी कुनै हालतमा नफुट्ने बताउनुभयो।

प्रचण्डले पार्टीभित्रको बहसलाई अस्वस्थ बनाइएकाले बाहिर नकारात्मक प्रभाव परेको प्रचण्डको भनाइ छ । अहिलेको बहस पार्टीलाई कसरी अगाडि बढाउने, पार्टीको विचार, मान्यता, विधि, पद्दति कस्तो हुनुपर्छ भन्ने भएको उहाँको भनाइ छ । आफूले पार्टी एकता गर्नुपूर्व नै राष्ट्रका लागि भनेर पदत्याग गरेको स्मरण गर्दै उहाँले अहिले नेकपाले स्थायित्व दिनुपर्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्नुभयो ।

पार्टीलाई विचार र विधिबाट चलाउनुपर्ने भनेर अहिले बहस भइरहेको भन्दै उहाँले पार्टी एकताको रक्षा गर्नका बहसमा रहेको उल्लेख गर्नुभयो । पार्टी एकताका नाममा आन्तरिक समस्या, गलत प्रबृत्ति, मुलुकका विभिन्न मुद्दा र पार्टीको विचारबारे छलफल गर्नु नहुने मान्यता गलत रहेको उहाँको भनाइ थियो ।

पार्टी एकतालाई अहिलेको बहसले अझै सुदृढ गर्ने दावी गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई टुटाउने, फुटाउने सबै खालका प्रवृति परास्त हुने चेतावनी दिनुभयो । तर, एकता अक्षुण राख्ने नाममा विभिन्न मुद्दा र विचारको बहस ढाकछोप हुन नसक्ने उहाँको भनाइ छ ।

‘कम्युनिष्ट हुनुको नाताले हामी आपसमा इमान्दारी र पारदर्शीका साथ तीखो संघर्ष र बहस गर्छौं। तर, विरोधीहरुलाई लाग्छ कि यो पार्टी अब फुट्न लाग्यो।’ प्रचण्डले अगाडि भन्नुभयो, ‘हामीलाई श्रमजीवी वर्गको भविष्यको चिन्ता छ, त्यसैले हामी जालझेल छलकपट गर्ने, चिल्ला शब्द प्रयोग गर्ने गर्दैनौँ, तर जनता लुट्ने कुरामा बुर्जुवाहरू सधैं एकमत हुन्छन् त्यसैले त्यहाँ विवाद भए पनि तीखो हुँदैन। लुट्ने कुरामा सबैको सहमति हुन्छ।’

पार्टी एकताको तीन वर्षमै विभाजन हुने हो कि भन्ने चिन्ता पैदा भएको भन्दै प्रचण्डले त्यसलाई रोक्न अन्तिमसम्म प्रयास गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved