‘नेता नेपाल पदको लागि होइन बिधि र पद्धतिको लागि लड्नुभएको छ’ : नेता रिजाल

  • प्रकाशित मितिः श्रावण १८, २०७७
  • 958 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । नेकपाका युवा नेता राम प्रसाद रिजालले तुलसीलाल अमात्य स्मृति दिवसमा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले दिएको अभिव्यक्ति प्रति हामी सबै गम्भीर हुनपर्ने बताएका छन । दर्पण दैनिकसँग कुरा गर्दै नेता रिजालले वरिष्ठ नेता नेपाल पदको लागि होइन बिधि र पद्धतिको लागि लड्रिहेको बताएका हुन । नेता नेपालले सचिवालयको बैठक राख्न कयौं चोटी अध्यक्ष ओलीलाइ बिन्ती नै चढाउनु परेको प्रसंग निकाल्दै नेता रिजालले भने, ‘त्यस्तै नेपालले स्थायी कमिटीको बैठक राख्न निवेदन र हस्ताक्षर अभियान नै चलाउनु पर्यो । यसरी पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले दिएको सत्य तर तिथो यथार्थले नेकपा पार्टीमा विधि र पद्दति मिचिएको स्पष्ट हुन्छ ।’

प्रधानमन्त्री समेत रहेका ओलीको तानाशाही बढेको बताउदै नेत रिजालले उनको गतिविधिले पार्टी र मुलुक लाई कमजोर बनाईरहेको उल्लेख गरे । ‘पार्टीलाई सही ठाँउमा ल्याउन वरिष्ठ नेता नेपाल लड़ाई लडिरहनु भएको छ, यहाँ सम्मकी ओलीले तेस्रो अध्यक्ष बनाउने प्रस्तावलाई ठाडै अस्वीकार गर्नुभयो ।’ उनले भने, ‘स्वच्छ छविका शालिन व्यक्तित्व कम्युनिस्ट आन्दोलनका धरोहर नेपाली जनताकै अबको आशाका केन्द्र वरिष्ठ नेता नेपालले उठाईरहनु भएको एक व्यक्ति एक पद लाई पार्टीको स्थाई कमिटीको बैठक बाटै पारित गरेर गए मात्र अहिलेको नेकपा भित्रको गतिरोध को अन्त हुन्छ ।’

नेकपा पार्टी भित्र देखिएका रोगहरुको नेता नेपालले चिरफार गरेर पार्टीलाई बलियो बनाई नेपाली जनतासँग गरेका वाचाहरु पुरा गर्न उनले सरकारलाई पनि दबाब दिएको रिजालले उल्लेख गरे । गलत प्रवृत्ति को विरुद्ध ठाडै प्रहार गर्ने क्षमताका धनी नेता नेपाल को खाँचों नेकपा पार्टीमा मात्र होईन राष्ट्रमा खड्किरहेको बताउदै नेता रिजालले त्यसैले नेकपा पार्टी ले छिट्टै नेता नेपाललाई जिम्मेदारी दिने कुरामा कन्जुस गर्नु हुदैन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved