भोजपुर, श्रावण १९ गते । भोजपुरको आमचौक गाउँपालिका-३ हाँतातुङमा भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । आईतवार बेलुका सवा ७ बजेको
समयमा बोयाङबाट बालंखा तर्फ जाँदै गरेको प्रदेश १ ०२-००३ त ५८८ नम्बरको ट्याक्टर आफै आनियन्त्रीत भई सडकबाट अन्दाजी ३०० मिटर तल खसी दुर्घटना हुँदा घाईते भएका आमचोक गाउँपालिका-३ का २८ बर्षीय दिपक कुवँरको स्थानीय बालंखा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सोही दुर्घटनामा परेर घाईते भएका अन्य २ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको तथा तिन जनालई थप उपचारको लागी धरानको घोपा पठाईएको उक्त कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved