इटहरी/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साउन १ गते घुस सहित रङ्गेहात पक्राउ परेका लेखा अधिकृत विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अख्तियारले इटहरी उपमहानगरपालिका सुनसरीमा कार्यरत लेखा अधिकृत विकास पोखरेल विरुद्ध रू.६५ हजार घूस लिएको अभियोगमा मुद्दा दायर गरेको हो ।
अधिकृत पोखरेलले इटहरी उपमहानगरपालिकाको शिक्षा शाखाले कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी दिने क्रममा निजले सेवाग्राहीसँग घूस माग गरेको आरोप छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी पोखरेलविरुद्ध बिगो अनुसारको कारवाहीको माग दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved