नेपालका ११ वर्षीय बालकले पत्ता लगाए छुद्र ग्रह

  • प्रकाशित मितिः श्रावण 19, 2077
  • 66 पटक पढिएको
  • समय अनलाइन

 नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले सन् २०१६ देखि छुद्र ग्रह खोज्ने अभियान चलाउँदै आएको छ । छुद्र ग्रह खोज्नका लागि देशका विभिन्‍न विद्यालयका विद्यार्थी, शिक्षक तथा खगोल विज्ञानमा इच्छा राख्‍नेहरु यो अभियानमा जोडिन्छन् ।

छुद्र ग्रहहरु पनि आकशीय पीण्ड हुन् र यिनीहरु अन्य ग्रहहरु जसरी नै सूर्यको परिक्रमा गर्छन् । यिनीहरु ग्रहहरुभन्दा धेरै साना हुन्छन् तर पृथ्वीलगायतका अन्य ग्रहहरुमा खस्न सम्भावना धेरै हुन्छन् । मंगल र बृहस्पति ग्रहको बीचमा अनगिन्ती छुद्र ग्रहहरु छन् 

छुद्र ग्रह खोज्‍ने अभियानमार्फत् हालसम्म नासोले ७ सय ८९ वटा पहिलो चरणमा रेकर्ड भए । तीमध्ये दोस्रो चरणमा ७ वटा चाहिँ रेकर्ड भएर प्रोभिजनल नाम समेत पाएका छन् । अर्थात् अन्तरिक्षमा घुमिरहेका लाखौं छद्र ग्रहरुमध्ये ७ वटा छुद्र ग्रहचाहिँ नासोको अभियानमार्फत् थाहा पाइए ।

नेपालबाट पत्ता लगाइएका मध्ये २०१९-जेपी ६० नाम गरेको छुद्र ग्रहचाहिँ केन्द्रीय विद्यालय काठमाडौंमा अध्ययनरत ध्रुव व्यास जोशीले पत्ता लगाएका छन् । तीनकुने निवासी ११ वर्षीय ध्रुव कक्षा ७ मा हुँदा उनले यो ग्रह पत्ता लगाएका हुन् । अहिले उनी १२ वर्षका भए । केही दिनअघि भारतका १४ वर्षीया दुई छात्राहरुले छुद्र ग्रह पत्ता लगाएका थिए । ध्रवले पत्ता लगाएको छुद्र ग्रहको नाम डीएलपी-०००१ दिएका छन् । तर, यसको नाम चाहिँ २०१९ जेपी–६० दिइएको छ । मंगल र बृहस्पति ग्रहबीचमा घुमिरेहको मेन बेल्ट एस्टोरोइड हो ।गत वर्ष नासोले छुद्र ग्रह खोज्‍ने अभियानका बारेमा सामाजिक सञ्चालमा सूचना राखेको थियो । सानैदेखि खगोल विज्ञानमा रुचि राख्‍ने ध्रुवले त्यसबारे आमालाई सुनाए । ध्रुवकी आमा एकता तीनकुनेस्थित नासा कलेजमा खगोल विज्ञान पढाउँछिन् । ध्रुवले बताएपछि एकताले नासोसँग सम्पर्क गरिन् । त्यसपछि टिम निर्माण भयो । नासोका अध्यक्ष सुरेश भट्टराईले पनि ध्रुवको छुद्र ग्रह खोज्‍ने इच्छा देखेर प्रभावित भए । नासोले उनलाई अभियानमा सरिक गरायो । ध्रुव भन्छन्, 'सुरेश सरले मलाई डाटासेट सिकाइदिनुभयो । फस्ट इमेज पाएको थिएँ । एनालाइज गर्ने काम सुरेश सरले भनिदिनुभयो अनि मैले घरबाटै डाटासेटसँग काम गर्न थालेँ । मेरो कजनले पनि मलाई हेल्प गर्नुभयो ।'निरन्तरको प्रयास र लगनशीलताका कारण उनले प्रिलिमिनेरी एस्टोरोइड पत्ता लगाउन सफल भए । उनले भने, 'त्यसपछि ४/५ महिनापछि प्रोभिजनलमा मैले खोजेको एस्टोरोइडको नाम आएछ । म धेरै खुसी भएँ, प्राउड फिल गरें ।'

जोशी यस वर्ष पनि छुद्र ग्रह पत्ता लगाउने अभियानमा जोडिएका छन् । खगोल विज्ञानको क्षेत्रमा ठूलो काम गर्नु आफ्नो उद्देश्य रहेको उनी बताउँछन् । 'एस्ट्रोनोमीमा केही गर्ने र साइन्टिस्ट वा एस्ट्रोनोमर बन्‍ने मन छ,' उनले भने, 'नेपालको पहिलो अन्तरिक्षयात्री बन्‍ने रहर छ ।'

ध्रुवले पत्ता लगाएको यो छुद्र ग्रह 'प्रोभिजनल'मा भएकाले यसबारे अझ विस्तृत जानकारी छैन । नासोका अध्यक्ष सुरेश भट्टराईका अनुसार ध्रुवले पत्ता लगाएको छुद्र ग्रह २० पटक अवलोकन भइसकेको छ । २० पटकको अवलोकनपछि यसले ३.४१ वर्षमा सूर्यलाई एक फन्को लगाउने थाहा भएको छ ।

यो आकशीय पिण्डको भौतिक तथा आवरण हेरेर पुनः अध्ययन गरेपछि थप विवरणहरु प्राप्त हुनेछन् । इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनको माइनर प्लानेट सेन्टरले यसबारे थप अध्ययन गरेर यसको अझ विस्तृत विवरण पत्ता लगाउने भट्टराईले जानकारी दिए ।

कसरी खोजिन्छ छुद्र ग्रह ?

नागरिक वैज्ञानिक अवधारणा अनुसार विश्वका हरेक मुलुकहरुमा वर्षेनी छुद्र ग्रह खोज्‍ने अभियान सञ्चालन गरिन्छ । इन्टरनेशन एस्ट्रोनोमिकल सर्ज कोलाबोरेसन (आईएसएससी)सँगको सहकार्यमा हरेक वर्ष यो अभियान सञ्चालन हुने गरेको छ । अमेरिकाको हवाईस्थित पाम-स्टार्स (Pan-STARRS) टेलिस्कोपले अन्तरिक्षमा खिचेको तस्बिरका तथ्यांकहरु एउटा निश्चित सर्भरमा राखेको हुन्छ । अभियानमा संलग्नहरुलाई उक्त सर्भरको एसेस दिएर तथ्यांक निकाल्छन् । एस्ट्रोमेट्रिका नामक सफ्टवेयरको प्रयोग गरेर टेलिस्कोपले खिचेका तस्बिरहरुबाट घुमिरहेको वस्तु खोजिन्छ ।

अभियानमा सहभागीहरुले छुद्र ग्रह भेटेको बताएपछि त्यसलाई भेरिफिकेसनका लागि अमेरिका पठाइने नासोका अध्यक्ष भट्टराईले जानकारी दिए । इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनले भेरिफाइ गरेपछि उक्त छुद्र ग्रहको 'प्रिलिमिनेरी' अवस्था हुन्छ । युनियनले भेरिफाइ गरेका छुद्र ग्रहलाई पुनः भेरिफाइका लागि अन्य विभिन्न टेलिस्कोप तथा आफू मातहतका कार्यलयहरुलाई सर्कुलेसन गर्छ । अन्य स्थानहरुमा पनि उक्त छुद्र ग्रह देखिए त्यसलाई 'प्रोभिजनल' स्टाटस दिइन्छ । त्यसपछि उक्त छुद्र ग्रहको अध्ययनहरु गरिने गरिन्छ ।

नासोको पहलमा भेटिएका छुद्र ग्रहहरु

सन् २०१६देखि सुरु गरेको अभियान अन्तर्गत हालसम्म ७ वटा छुद्र ग्रह प्रोभिजनल छन् ।

सन् २०१८को डिसेम्बर देखि जनवरी २०१९सम्मको अभियानमा अभियानमा २ वटा छुद्र ग्रह पत्ता लाग्यो । जोरपाटीका द सेलिब्रेसन कोएड स्कुलमा कक्षा ९ अध्ययनरत ५ जना विद्यार्थीहरुले पत्ता लगाएको उक्त छुद्र ग्रहको नाम २०१८–वाईएस४ राखियो । यस्तै, सानोठिमीमा कक्षा १२ मा अध्ययनरत ४ जना विद्यार्थीहरुले पत्ता लगाए । त्यसको नाम २०१९-एई१८ दिइयो । २०१९को अप्रिलदेखि मेसम्म चलेको अभियानमा ध्रुब व्यास जोशीले पत्ता लगाए ।

के हो छुद्र ग्रह ?

२०१९कै मे २७ देखि जुन २१को अभियानमा ४ वटा छुद्र ग्रह पत्ता लागेको थियो । त्यसमा अस्कल कलेजमा अध्ययनरत रेजा थापा र नासोकी मिनषा द्‌वाले पत्ता लगाएका थिए । उक्त ग्रहको नाम २०१९-केबी१५ दिइयो ।

नासोकै अध्यक्ष भट्टराई र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजीमा अध्ययनरत सुशान्त द्‌वाले २०१९-केके१८ पत्ता लगाए । २०१९–केडब्लू९ चितवनका निरज लामिछाने चितवन र अध्यक्ष भट्टराईले पत्ता लगाए ।

२०१९–केके५ चाही विज्ञान शिक्षक समाज पोखरा च्याप्टरकी जानकी कुमारी छन्त्याल र नासोकी मनिसा द्‍वाले पत्ता लगाए । यो छुद्र ग्रह भने नियर अर्थ अब्जेटको हो । यो एपोलो क्याटोगोरीको छुद्र ग्रह रहेको भट्टराईले जानकारी दिए ।

साभार :ekantipur

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2020 - Samayaonline.com All rights reserved