प्रदेश २ मा ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ४१ जना महिलासहति २२७ जना कोरोना संक्रमण पुष्टि भएको हो।जसमा सबभन्दा बढी पर्सामा २९ जना महिलासहित १४७ जना कोरोना संक्रमण भेटिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ।
यस्तै धनुषामा २ महिलासहित २३ जना, सर्लाहीमा ४ महिलासहित १९ जना, बारामा ५ महिलासहित १९ जना, महोत्तरीमा १४ जना पुरुष, सिरहामा ४ र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए।यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संखया ५ हजार २७२ पुगेको छ। बुधबारसम्म प्रदेश २ मा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved