क्यान नेसनल आईसीटी स्कलरसिपको घोषणा

  • प्रकाशित मितिः असार ८, २०७५
  • 1242 पटक पढिएको
  • Mausam

इटहरी / सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधि शिक्षा तर्फ पनि यस बर्ष देखि छात्रबृतिको शुरुवात गरेको छ । राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रबृद्धि प्रदान गर्न लागिएको हो ।

काठमाण्डौंको मैतीदेविमा रहेको सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसन संगको सहकार्यमा यस बर्ष ४९ जना विद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गर्न लागिएको हो ।

‘नेसनल आईसीटी स्कलरसिप– २०७५’ नामदिई देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रबृति र बांकी ४२ जनालाई आंसिक छात्रबृति प्रदान गरीने छ । ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरीक मा यसको पहुँच पु¥याउनमा यस कार्यले टेवापुग्ने विश्वास लिईएको छ । इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरि यसको घोषणा गरिएको हो ।

फिमेल मेरिट आईसीटी स्कलरसिप प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई प्रदान गरिनेछ । सम्झौता अनुसार ४९ जना विद्यार्थीले एक करोड ८३ लाख ३६ हजार पाँच सय रुपैयाँ बराबरको छात्रवृत्ति पाउने छन् ।

छात्रबृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको एफिलेसनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसन मा स्नातक तह अन्र्तगत वि एस सी आईटी को अध्ययनगर्न पाउने छन् ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंक सहित प्लस टु अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटी बाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि अवेदन दिन सक्न्छन् । छात्रबृतिका लागि कक्षा १२ को परीक्षादिएर बसेका विद्यार्थीहरुले पनिआवेदन दिन सक्ने छन् ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले जिल्ला, प्रदेश र केन्द्रिय स्तरको छात्रबृति छनौट समिति गठन गर्ने छ । छनौट समितिले कक्षा १० र कक्षा १२को प्राप्तअंक, स्थायीबसोबास, आर्थिक अवस्था र स्थानीय सरकारको सिफारिसका आधारमा छनौट गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved