नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले मुलुकभर थप ३८१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् । उनका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म कुल संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ३५९ को पीसीआर परीक्षण गरिएको छ । आज १३० जना कोरोनामुक्त भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १५ हजार १५६ रहेका छन् । प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोनामुक्त हुनेको प्रतिशत ७०.८ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved