काठमाडौं, २१ साउन । लकडाउन अन्त्य गरेसँगै देशभर कोरोना संक्रमण समुदायस्तरमा देखिन थालेपछि सरकारले संक्रमण नियन्त्रणका लागि १५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरेको छ ।
गृह मन्त्रालयले आज (बुधबार) एक सूचना जारी गरी निषेधाज्ञा लागू गरिएका जिल्ला, क्षेत्र र लागू रहने मितिबारे जानकारी गराएको छ ।
गृह मन्त्रालयले संक्रमण थप फैलिन नदिनका लागि सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ ।
पछिल्लो समय काठमाडौंलगायत तराईका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ । आज (बुधबार) सम्म कोरोना भाइरस संक्रमणबाट नेपालमा ६० जनाको ज्यान गइसकेको छ ।
हेर्नुस् निषेधाज्ञा जारी गरिएको जिल्ला, स्थान र मितिको सूची
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved