चितुवाको आक्रमणबाट तनहुँमा डेढ वर्षीय बालकको मृत्यु

  • प्रकाशित मितिः श्रावण २२, २०७७
  • 601 पटक पढिएको
  • समय अनलाइन

चितुवाको आक्रमणबाट तनहुँमा डेढ वर्षीय बालकको मृत्यु 

चितुवाको आक्रमणमा परी तनहुँमा डेढ वर्षीय बालकको मृत्यु भएको छ ।  शुक्लागण्डकी नगरपालिका–२ मसार निवासी विष्णुकुमार रानाका डेढ वर्षीय छोरा नारायण रानाकाे चितुवाकाे आक्रमणबाट मृत्यु भएकाे हाे । 

बुधबार राति घरमै खेलिरहेकाे समयमा  एक्कासी चितुवाले आक्रमण गर्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

पछिल्लो समय तनहुँमा चितुवा आतंक बढ्दै गएको छ । प्राय घटना साँझको समयमा हुने गरेकाले अभिभावक नै सचेत रहन जरुरी देखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । 

'आमा घरभित्र रहेको समयमा राति साढे आठ बजे चितुवाले बालकलाई पिँढीबाट टिपेर लगेछ' बरालले भने, 'घरदेखि दुईकिलोमिटर पर बालकको शव भेटिएको छ ।' 

तनहुँमा चितुवाको आक्रमणमा परी दुई वर्षको अवधिमा दश बालबालिकाको ज्यान गएकाे छ भने आठ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved