विराटनगरमा थपिए १३ जना संक्रमित

  • प्रकाशित मितिः श्रावण २२, २०७७
  • 661 पटक पढिएको
  • समय अनलाइन

विराटनगर / विराटनगरमा कोरोना भाइरसका १३ जना नयाँ संक्रमित थपिएका छन् । कोशी अस्पतालको प्रयोगशालमा स्वाब परीक्षण गराउँदा ५ महिला र ८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । नयाँ संक्रमितहरू विराटनगर महानगरपालिका–२, ६, ७, ८, १०, ११, र १३ नं. वडाका छन् । उनीहरुको रिपोर्ट बुधबारराति प्राप्त भएको हो ।

 

महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले उल्लेखित ठेगाना र नामको संक्रमित पहिचान र खोजिका लागि बिहीबार बिहानबाटै टोली खटिएको बताए । बेलुका ढिलो गरि रिपोर्ट आएको हुदाँ महानगरको टोली बिहीबार बिहानैबाट संक्रमित व्यवस्थापनका लागि खटिएको उनले बताए ।

संक्रमित मध्ये तीन पुरुष र एक महिलाको उमेर खुलेको छैन । अरु २४ देखि ६० वर्ष उमेरसम्मका छन् । नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १८३ पुगेको छ ।

महानगरपालिकाभित्र वडा नम्बर ५ र वडा नम्बर ९ का दुई संक्रमितको मृत्यु भएको छ । प्रदेश २ बाट उपचारका लागि ल्याइएका दुई जनासहित प्रदेश १ मा मृत्यु भएको संख्या छ पुगेको छ । प्रदेश २ का दुई जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved