बिराटनगरमा बाबुआमालाई सम्बोधन गरेर सुसाइड नोट लेख्दै युवतीद्वारा आत्महत्या

  • प्रकाशित मितिः श्रावण २२, २०७७
  • 756 पटक पढिएको
  • समय अनलाइन

काठमाडौँ । बुधबार एक बैंकको विराटनगरस्थित शाखा कार्यालयमा कार्यरत युवतीले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विराटनगर महानगरपालिका–८ सहयोगी टोलकी सनाज खतिवडाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले रातोपाटीलाई जानकारी दिए । विष पिएर घाइते अवस्थामा भेटिएकी उनको उपचारको क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको राईले बताए । 

आत्महत्या गर्नुअघि खतिवडाले लेखेको एउटा सुसाइड नोट समेत फेला परेको छ । सुसाइड नोटमा बाबु र आमालाई सम्बोधन गर्दै उनले आफूले आफ्नै कारणले मृत्युको बाटो रोजेको र यस घटनामा कसैलाई पनि दोष नदिन भनिएको डीएसपी राईले बताए ।  

 

बैंकमा आफ्ना बुबाको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको समेत ती युवतीले सुसाइड नोटमा उल्लेख गरेकी छन् । यस्तै विभिन्न बैंक तथा वित्तिय संस्थामा आफ्नो सेयर रहेको समेत सुसाइड नोटमा उल्लेख गरेको राईले जानकारी दिए । 

 

बुधबार बिहान ती युवतीलाई शौचालयभित्र बेहोस अवस्थामा बैंकका कर्मचारीले फेला पारेका थिए । छेउमा विषादीको बट्टासँगै ब्लेडले आफ्नो देब्रे हात काटेको अवस्थामा भेटिएकी थिइन् । तत्कालै एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । 

खतिवडाको शव पोष्टमार्टमको लागि कोशी अस्पतालमा पठाइएको छ । प्रहरीले बैङ्कको सिसीटिभी फुटेज झिकेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved