रुपन्देहीमा कार दुर्घटना हुँदा तीनको मृत्यु, एक घाइते

  • प्रकाशित मितिः साउन २४, २०७७
  • 969 पटक पढिएको
  • समय अनलाइन

रुपन्देहीमा कार दुर्घटना हुँदा तीनको मृत्यु, एक घाइते

रुपन्देहीमा शुक्रवार राती कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका वार्ड नं.४ छिपागढस्थित हुलाकी सडकमा कार दुर्घटना भएको हो । 

परासीवाट भैरहवातर्फ आउँदै गरेको लु.२ च.६७५६ नं.को कार आफै अनियन्त्रित भई सडकदेखि १० मिटर उत्तर साईडमा पल्टन जाँदा कारमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कवहादुर खत्रीले जानकारी दिए ।

मृत्यु हुनेहरुमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वार्ड नं.-४ का २७ वर्षीय देबेन्द्र चौधरी, रुपन्देहीको कोटहीमाई गाउँपालिका वार्ड नं.-३ मर्यादपुरका २८ वर्षीय  नौसाद दर्जी र नवलपरासीको रामग्राम नगरपालिका वार्ड नं.-१२ पथगावाका १२ वर्षीय प्रदिप ठाकुर रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागी भीम अस्पताल भैरहवा लगिएको थियाे । जसमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी रुपन्देहीको ओमसतिया गाउँपालिका वार्ड नं.-४ बालापुरका ३४ वर्षीय अनिल यादव घाइते भएका छन् । उनको मेडिकल कलेज भैरहवामा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved