एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

  • प्रकाशित मितिः साउन २४, २०७७
  • 1054 पटक पढिएको
  • समय अनलाइन

 

 
 
unn.prixa.netकाठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । 

विद्यार्थीले प्राप्त गरेको विषयगत र प्रयोगात्मक अंक सिस्टममा चढाउने काम भइसकेको छ । विद्यार्थीले प्राप्त गरेको अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार गर्ने काम पनि भइसकेको छ । 

अन्तिम चरणमा पुनः एक पटक परीक्षण भइरहेको बोर्डले जनाएको छ । परीक्षार्थीको नाम, थर, जन्ममिति र नम्बरमा कुनै त्रुटि नहोस् भनेर रुजु गर्ने काम अन्तिम चरणमा पुुगेको बोर्डका सदस्य दुर्गा अर्यालले जानकारी दिनुभयो ।

यसअघि बोर्डले साउन दोस्रो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने जनाएको थियो । तर कोरोना संक्रमण जोखिम बढेको र प्राविधिक कारण नतिजा प्रकाशनमा ढिला भएको बोर्ड सदस्य अर्यालले बताउनुभयो । 

हतारमा नतिजा सार्वजनिक गर्दा त्रुटि हुनसक्ने र परीक्षार्थीलाई त्रुटि सच्याउन काठमाण्डौ आउन समस्या हुने देखिएकाले पनि केही ढिला भएको उहाँको भनाइ छ । ‘विगतमा जस्तो नतिजाको चासो र हतारो छैन, यसपाली फरक तरिकाले मुल्याङ्कन भएकाले विद्यार्थीलाई पूर्व आँकलन समेत छ’ उहाँले भन्नुभयो,‘प्रमाणीकरण गर्ने काम मात्रै बाँकी हो ।’ 

यसपटक विद्यार्थीको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक हुँदैछ । विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षाका आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो ।

नतिजा प्रकाशनपछि परीक्षार्थीलाई बोर्डले ग्रेडसिट प्रदान गर्नेछ । माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिमा विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने उल्लेख छ । यसपाली एसईईमा झण्डै ४ लाख ८२ हजार परीक्षार्थी छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved