बिहे गरेको तीन महिनापछि श्रीमान आफ्नै हजुरबुबा भएको थाहा पाएपछि…

  • प्रकाशित मितिः श्रावण २४, २०७७
  • 1366 पटक पढिएको
  • समय अनलाइन

मानिसको जीवनमा अनेक संयोगहरु हुने गर्छन् । तर कतिपय संयोग यस्ता पनि हुन्छन्, जो मानिसले कल्पनासम्म गरेका हुँदैनन् ।

यस्तै भएको छ, अमेरिकाको फ्लोरिडा बस्ने २४ वर्षीया एक युवती र ७८ वर्षका बृद्धलाई । ७८ वर्षको उमेरमा एकजना धनी बृद्ध व्यक्तिले २४ वर्षीया युवतीसँग विवाह गरे । बिहेपछि दुबैको जीवन सुखद बितेको थियो । तर तीन महिनापछि भने उनीहरुको जीवनमा भूकम्प आयो ।

तीन महिनापछि युवतीलाई थाहा भयो, आफूले श्रीमान मान्दै आएका व्यक्ति त उनका आफ्नै हजुरबुवा पो रहेछन् ।

आफ्नो श्रीमानका पुराना तस्वीरहरुको एल्बम हेर्दा उनको आँखा एउटा तस्वीरमा गयो । उक्त तस्वीरमा उनका बृद्ध श्रीमान र पहिलो श्रीमती र बच्चाहरुको तस्वीर थियो । उनले सोध्दा पहिलो श्रीमतीको बारेमा श्रीमानले बताए । त्यसपछि श्रीमान मानेर बसेको मान्छे त आफ्नै हजुरबुवा पो परेछ भन्ने स्पष्ट भयो । त्यसपछिको अवस्था के भयो होला, हामी कल्पना पनि गर्न सक्दैनौं ।

तर अचम्म, सबै कुरा थाहा पाएर पनि यी युवतीले भने आफ्ना हजुरवुवालाई छोड्न चाहँदिनन् । उनको भनाई छ, ‘हामीबीच राम्रो सम्बन्ध छ । यौनसम्बन्धदेखि सबै कुरा भइसक्यो । अब त्यो नाता अहिले थाहा भएको हो, त्यसैले मैले छोड्न सक्दिन ।’

मेल अनलाईनका अनुसार, बृद्ध व्यक्तिकी पहिलो श्रीमतीले उनलाई छोडेर हिंडेकी थिइन् । निकै खोजतलास गरेर पनि नपाएपछि उनले अर्को विहे गरेका थिए । दोश्रो बिहे पनि टिक्न नसकेपछि उनी त्यसै बसेका थिए ।

यसैबीच उनले लौट्रीबाट निकै बढी पैसा कमाए । त्यसपछि उनलाई फेरी बिहे गर्ने रहर जाग्यो । अनि एउटा डेटिंग एजेन्सीको माध्यमबाट उनले अहिलेको नातीनी नाता परेकी युवतीसँग बिहे गरे ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved