तत्काल पठपनपाठन गराउन असम्भव : मन्त्री पोखरेल

  • प्रकाशित मितिः साउन २४, २०७७
  • 921 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं, २४ श्रावण । शिक्षा  विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल  विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपन–पाठन गराउन सम्भव नभएको स्पष्ट पारेका छन् सिंहदरबारमा हिजो (शुक्रबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्री पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपन–पाठन गराउन असम्भव भएको स्पष्ट पारेका हुन् । मन्त्री पोखरेलले बिकल्प खोज्न सरकार आन्तरिक अध्ययनमा लागेको जानकारी दिए । मन्त्री पोखरेलले भने, यस बर्षको शैक्षिकसत्र खेर जान नदिने गरी सरकारले विभिन्न तहका परीक्षा लिने र पठन–पाठन गराउने विषयमा विज्ञसँग सल्लाह लिएका छौं  ।

 

मन्त्री पोखरेलले सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमा पुगेर पठनपाठनको नयाँ विकल्पअनुसार काम गर्न पनि आग्रह गरे ।  उनले सबै शिक्षकलाई साउन मशान्तभित्र विद्यालयमा पुग्न पनि आग्रह गर्दै त्यसका लागि सरकारले समन्वय गर्ने बताए । वर्तमान अवस्था असामान्य रहेकाले असामान्य ढंगले नै सिकाइ र बुझाइका मान्यताहरुलाई विकास गर्नुपर्ने आवश्यकता रहेको मन्त्री पोखरेलको भनाई थियो ।

बैठकमा समिति सदस्यहरुले पठन–पाठन बन्द हुँदा लाखौं विद्यार्थी प्रभावित भएको भन्दै यसको बैकल्पीक व्यवस्थाबारे प्रश्न गरेका थिए । बैठकमा सांसद खगराज अधिकारीले बैकल्पीक रुपमा शिक्षाप्रणालीलाई अघि बढाउन स्थानीय तहसंग केन्द्र सरकारले समन्वय गर्नुपर्ने धारणा राखे ।

उहाले बिद्यार्थी कम भएका बिद्यालयलाई मर्जरमा जानुपर्ने सुझाव दिनुभयो । त्यस्तै सांसद जीवनराम श्रेष्ठले नेपालको भौगोलिक अवस्थालाइ हेरेर बिभिन्न बिकल्पमा शैक्षिक सत्र सुरु गर्ने बिकल्पमा जान सरकारलाई सुझाव दिएका थिए । त्यस्तै अधिकांश सांसदहरुले कोरोनाकै कारण यस बर्षको शैक्षिकसत्र खेर जान नदिने गरी सरकारले बिभिन्न बिकल्पका साथ शैक्षिकसत्रलाई अघि बढाउन सुझाव दिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved